Monday, October 31, 2016

आङ काजिले लगाये एस्तो आरोप बाख्राभैँसी बाँध्न नमिल्ने धुर्मुस-सुन्तलीले बनाएका बस्तीको के काम ?

 काठमाडौँ, १५ कात्तिक - सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस-सुन्तलीले बनाएका बस्तीमा बाख्रा पनि बाँध्न नमिल्ने संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाको आरोप छ। आदिबासी तथा जनजाति नेता समेत रहेका आङकाजीले धुर्मुस-सुन्तली फाउन्डेसनको प्रयासमा बनेको गिरानचौर नमुना बस्तीको धेरै प्रचार भएको भन्दै विरोध जनाएका हुन्। आफ्नो फेसबुक पेजमा फोटोसहितका दुईवटा स्टाटसमार्फत आङकाजीले बस्तीमा बनेका घरमा बाख्रा(भैँसी पनि बाँध्न नमिल्ने भन्दै आलोचनामा उत्रेका हुन्। सधैँजसो नकारात्मक टिप्पणी गरेर आलोचित हुने उनले यो पटक धुर्मुस-सुन्तलीले गरेको राम्रो काममा विरोध जनाएका हुन्। उनले फेसबुक स्टाटसमा लेखेका छन्, धुर्मुसले भूकम्पपीडितका लागि भैँसी-बाख्रा पाल्न नमिल्ने घर बनाएकोमा यत्रो चर्चा हो, हल्ला खैलाबैला । आफैँले बालुवा इँट्टा बोकेर बौद्ध बनाउनेहरूको ख़बर खै त ?, उनले प्रश्न गरेका छन्, विदेशी अनुदान ६ करोड लिएर ९ लाख पर्ने एउटा घर १ भूकम्पपीडितले भैंसी-बाख्रा पाल्न र सागसब्जी समेत रोप्न नमिल्ने ६५ घर धुर्मुसले बनाएपछि राष्ट्रपतिले उदघाटन गरे । बधाई दिए, सन्चारमाध्यमा होहल्ला र खैलाबैला..। फेसबुक स्टाटसमा आङकाजीले भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको बौद्धनाथ ४५ करोड संकलन गरेर बनाउँदा समेत सञ्चारमाध्यमको आँखा नपुगेको आरोप समेत लगाए। आङकाजीले पोस्ट गरेको फेसबुक स्टाटस