Wednesday, September 7, 2016

आचरण पालन गरे मात्र धर्मको वास्तविकता अनुभव गर्न सकिन्छ

आचरण पालन गरे मात्र धर्मको वास्तविकता अनुभव गर्न सकिन्छ ।
जय श्रीमन्नारायण ।
 
शुभप्रभातका साथमा ।
राजा सत्यव्रत स्नानगर्न गंगामा जाँदा अञ्जुलीमा उठाएको जलमा एउटा
सानो माछाको बच्चा आयो त्यस्लार्इ राजाले पुन नदिमा राख्न खोज्दा त्यो
माछाले भन्यो हे राजन मलाइ सुरक्षा गर म सानो छु नदिका ठूलामाछाले
मलाइ खान्छन यसैले मलाइ सुरक्षा देउ राज्यभित्रका सवैप्राणीको रक्षागर्नु
रावाको कर्तव्य हो ।
राजाले यो सुनेर माछालाइ कमण्डलुमा राखेर दरवारमा लगे माछा अस्वा
भाविक रूपले बढेकोले बाटामा पानिहालेर राखे त्यहाँपनि अटाएन । तलाउ
खनेर राखे त्यस्मा पनि अटाइ नअटाइ भएर भन्यो हे राजन मलाइ ठाउँ
पुगेन । अब राजाले त्यो माछालाइ पुनः ग‌गामा लगेर छाडे । त्यो माछा
अत्याधिक ठूलो भएको देखेर राजाले भने तपार्इ सामान्य जीव होइन पक्कै
सर्वव्यापी सर्वशक्तिमान नारायण हुनु पर्छ भनेर राजा स्तुति गर्न लागे ।
न ते्ऽरविन्दाक्ष पदोपसर्पणं मृषा भवेत् सर्वसुहृत्प्रियात्मनः ।
यथेतरेषां पृथगात्मनां सतामदीदृशो यद् वपुरद्भुतं हि नः ।।
हे कमल नयन प्रभो जसरि देह आदि अनात्म पदार्थहरुमा आफ्नोपनको
अभिमान गर्ने मानिसको आश्रय व्यर्थै हुन्छ त्यसैगरि तपाइको चरणस्पर्श
त व्यर्थ हुदैन किनकि तपाइ सवैको अहैतुक प्रेमी परमप्रीयतम तथा आत्मा
हुनुह्न्छ । यो वेला तपाएले जुनरुप धारण गरेर मलाइ दर्शन दिनुभयो यो
बडा अद्भूत छ ।।
श्रीमद्भागवत महापुराण स्कन्ध ८ अध्याय २४ श्लोक ३० ।।

पुराणको भनाइ अनुसार भगवान श्रीबिष्णुको यो प्रथम अवतार हो ।
यो समयमा बलवान दैत्यहरु थिए । त्यसमध्ये एउटाले ब्रह्माजीको
संरक्षणमा रहेको वेद हरण गरेर लग्यो । यसका साथै मन्वन्तरको
परिवर्तनको समय पनि भएकोले भगवान शिवका सहायताले प्रलय
गराएर महासमुन्द्रबाट वेद ल्याउनु थियो । भगवानले यस्तो मत्स्य
को अवतार लिएर वेद हरणगर्ने त्यो दैंत्यलाइ संहार गरेर वेद ल्याउनु
भयो । जब प्रलयको समुन्द्रमा एउटा बिशाल डुड्गा आउछ तिमिले
सवै स्थावर जड्गमको वीज सहित सप्तऋषिलाइ लीएर त्यो डुड्गामा
बस र शेषनागको डोरी बनाएर आफ्नो डुड्गा त्यो बिशाल माछाको
सिड्गमा बाँध्नु भन्ने भगवानको आदेश अनुसार राजाले त्यसै गरे ।
सातदिन सम्मको प्रलय पछि जब जल शान्तभयो अनि वैवस्वत
मन्वन्तरको सृष्टि प्रारम्भ भयो ।
बिस्तृतमा प्रस्तुत गर्दा धेरै लामो हुनेहुँदा संक्षेपमा राखेको छु । बिस्तृत
रुपमा थाहा पाउन भागवतको अष्टमस्कन्धको २४ अध्यायमा हेर्नुहोला

भगवानका दश अवतार मध्ये वराह अवतार तृतीय अवतार हो । कश्यपऋषि
को दिति नामकी पत्नीवाट जन्मेका युगल पुत्र मध्ये हिरण्याक्ष नामको दैंत्य
ले देवताको यजन गर्ने पृथिवीका मानिसलार्इ नाशगर्ने उद्देश्यले पृथिवीलार्इ
सागरको जलभित्र लगेर लुकायो । देवताहरु ब्रह्माजीको शरणमा गएर विनती
गर्दा भगवानले ब्रह्माजीको नाकको टिद्रबाट जौको दाना जत्रो आकारको सानो
जीव प्रकट भएर बाहिर आएपछी भयंकर आकृतिको बिशाल शरीरको वराहको
रुपमा बढेर सागरमा प्रवेश गर्यो । सागरको पीँदमा लुकाइएको पृथिवीलाइ
आफ्नो बलीष्ठ दाह्रामा अड्याएर पानि बाहिर ल्याएर अन्तरिक्षमा स्थापित
गर्नुभयो ।

पृथिवीलार्इ यसरि जलबाट बाहिर ल्याएर स्थापित गरेको देखेर हिरण्याक्ष
भगवान वराहसित अति क्रुद्धभएर युद्धको चुनौती दियो । भगवान पनि यहि
चाहनुहुन्थ्यो । घमासान युद्ध भयो । गदाको ठक्करले बिजुली चम्के जस्तो
आगो उत्पन्न हुन्थ्यो भने मेघ गर्जेको जस्तो भयंकर आवाज आउथ्यो ।
हिरण्याक्षको भएजत्ति मायावी हतियार भगवानको नजिक नपुग्दै भस्म
हुन्थ्यो । अान्त्यमा हिरण्याक्षको शस्त्रअस्त्र सकियो उ अब देहबलको युद्ध
अर्थात कुस्तियुद्ध गर्न लाग्यो । युद्धगर्दै जलभित्र पुगेर भगवानले आफ्नो
बिशाल दाह्राले उस्को वक्षस्थलमा रोपेर संहार गर्नु भयो ।
श्रीमद्भागवत सप्तमस्कन्ध अध्याय २ मा बिस्तृत वर्णन छ ।
जय वराह भगवान ।।

नृसिंह अवतार भगवानको दश अवतार मध्ये चतुर्थ अवतार हो । वराह
अवतारले हिरण्याक्षको वध गरेको पीडाले उस्को युगलभाइ हिरण्यकश्यपु
अति केरोधित भएर तपास्या गर्न गयो । भगवान बिष्णुप्रति क्रँधित मनले
तपस्या गर्दा रुखका पंक्षीहरुले ॐ नमो भगवते वासुदेवाय भनेर गिज्याउदै
उस्को तपस्या भंग गरेकोले दिक्कभएर घरमा आयो । उस्को पुत्र प्रह्लादको
यसैवेला देत्यरानी कयाधुमख गर्भाधान भयो । उ पुनः तपस्यामा गयो ।
कयाधुको गर्भमा देत्यपुत्र हुर्किरहेको थाहापाएर देवराज इन्द्रले कयाधुको
अपहरण गर्यो । आकाशमार्गमा नारदले भेटेर गर्भवतीलाइ यातना नदेउ ।
हिरण्यकश्यपुको पुत्र तिम्रो शत्रुहुदैन । भनेर कयाधुलाइ इन्द्रको बन्धनबाट
मुक्त गरेर वनमा कुटि तयार गरेर प्रह्लादलाइ गर्भदेखिनै ॐ नमो भगवते
वासुदेवायको महामन्त्र सहित भगवानको महिमा वर्णन गरेर कयाधुको
माध्यमले गर्भमा स्थित प्रह्लादलाइ सुनाउथे । यसैकारण प्रह्लाद गर्भमानै
भगवद्भक्तिमा लागे ।
जय नृसिंह भगवान ।

भगवान नृसिंहको अवतार आवेशावतार हो । हिरण्यकश्यपुको वधपछिपनि
वहाँलाइ शान्त गर्न अरुदेवता ब्रह्मा महेश्वर लक्ष्मीले पनि सकेनन । बरु
भक्त प्रल्हाद ॐ नमो भगवते वासुदेवाय जप्दै नजिक गएर भने ।
हे प्रभु गुरूदेव देवर्षिको उपदेश अनुसार तपाइको सौम्यरुपको आराधना गरेको
थिएँ । यस्तो तपाइको रुप देखेर डर लाग्यो । तपाइको शत्रु मेरापिताको अन्त्य
भयो अब तपाइको क्रोधले नष्टहुन लागेको सन्सारलाइ रक्षा गर्नुहोस र मैले
जानेको चारहातमा शंखचक्रगदापद्म लिएको सौम्य स्वरुप धारण गर्नु होस
भने पछि । भगवानले सौम्यरुपलिएर प्रह्लादलाइ काखमा राख्नुभयो ।

दक्षपुत्रि दिती जो कश्यप ऋषिकी पत्नी थिइन । उनमा देवताहरु र देवमाता
अदितीप्रती अतिनै इर्ष्याको भाव थियो । देवताहरुको सुख यश कीर्ति तथा
वैवभ उनलाइ असह्य हुन्थ्यो । देवराज इन्द्रपनि वेलामौकामा ठूलठूलै
गल्ती गर्थे । उनले प्रह्लादपुत्र विरोचनको बाँकि आयु मागे विरोचनले
दियो र मर्यो यो पीडा उस्को पुत्र बलीमा थियो । दितीको प्रेरणा र शुक्र
को निर्देशनमा त्रिलोकको अधिपति हुनकोलागि सय अश्वमेध यज्ञको
प्रारम्भ गर्यो । यो थाहा पाएर देवताहरु माता अदितिकहाँ शरणपरेर
समाधानका उपाय खोज्न अनुरोध गरे । अदितीले पति कश्यपसित
उपाय मागिन कश्यपले पयोव्रतको उपदेश गरे । यसै अनुसार व्रत
गर्दा अदितीका अगाडि भगवान नारायण प्रकट भएर हे माता म स्वयं
तपाइको पुत्र बनेर प्रकट हुनेछु र तपाइका यी सवै कष्ट हरण गर्नेछु ।
यस्का लागि तपाइले महर्षि कश्यपलाइ यो समाचारको जानकारी दिनुहोस ।
यस्तो कुरा सुनेर अदिती अत्यन्त प्रसन्न भएर आश्रमतिर लागिन ।

देवमाता अदितीको गर्भबाट अतिसुन्दर बालक प्रकट भयो । यो दिन अब
आउने द्वादशी हो । यसपाली यो द्वादशी भाद्र २८ गते पर्छ । प्रकट पछि
बालकको शरीर तुरुन्तै वृद्धि भयो र छोटो शरीरको बटुकरुप लिनुभयो ।
महर्षि कश्यपले कर्धनी र कौपिन ब्रह्माले यज्ञोपवित सूर्यले छत्र पृथिवीले
मृगचर्मको आशन र अन्य देवताले एक एक उपहार दिएर भगवान वामनको
सम्मान गरे । माता पिता र देवतालाइ प्रणाम गरेर भन्नु भयो कि यता
कतै भृगुवंशीय ब्राह्मणहरुले ठूलो यज्ञगरेको छ म हेरर आउछु भनेर बलीको
यज्ञ तिर जानु भयो ।

हिरण्यकश्यपु पुनः वनमा गएर कठोर तपस्या गर्दा ब्रह्माजी वाध्य भएर
वरमाग भन्दा पहिलात अमरहुने वर माग्यो । ब्रह्माजीले म पनि अमर
छैन यहाँ सवै अन्त्य हुन्छ । मृत्यो कारण देखाएर अर्को वरमाग भन्दा
१ऽ मलाइ देवता दैत्य राक्षस दानव मानव मध्ये कसैले मार्न नसकोस ।
२ऽ मलाइ शस्त्र अस्त्र केहिले पनि मार्न नसकोस ।
३ऽ मेरो मृत्यु न जलमा न स्थलमाऽ न दिनमा न रातमाऽ न बाहिर न भित्र
बिना शस्त्रअस्त्रले मरौं ।
यस्तो विचित्र वरदान माग्यो र पायोपनि । अब उ उन्मत्तभएर देवताका
पोषक भनेर ऋषिहरु र उनको यज्ञ बिनाश गर्न लाग्यो । भगवान बिष्णु
को नाम लिनेलाइ मृत्युदण्ड दिदै उस्ले आफैंलार्इ भगवानको रूपमा स्वयं
घोषणा गर्यो । पुत्र प्रह्लादले भगवानको भक्ति गरेको उस्लाइ सह्य भएन ।
वीष खुवाउनु पहाडबाट खसाल्नु हात्तिबाट कुल्चाउनु ह्रिंस्रक जनावरको
अगाडि राख्नु बहिनि सिंहिकाको सहायतामा आगोमा जलाउनु जस्ता अनेक
दुष्प्रयास गर्दापनि प्रह्लादलाइ मार्न सकेन । बरु सिंहिका जलेर मरी ।

अन्त्यमा हिरण्यकश्यपुले पुत्र प्रह्लादलाइ राजदरवारको खम्बामा बाँधेर
तेरो भगवान कहाँ छ बोला । भनेर बिशाल खड्ग उठाएर खम्बामा प्रहार
गर्न नपाउदै खम्बा भयंकरको शब्द गरेर फुट्यो र सिर सी्हको चारहात
भइको मानवको जस्तो शरीर भएको विचित्र प्राणी गर्जना गर्दै प्रकट भयो ।
यो देखेर राक्षस समरुहमा हाहाकार भयो । भगवान नृसिंहको हिरण्य
कश्यपुसित एकछिन युद्ध भयो । जब हिरण्यकश्यपु शिथील भयो उस्लाइ
घिसारेर घरको मूलद्वारको संड्घारमा लगेर काखमा उत्तानो पारेर राख्दै
छुराजस्ता धारीला नड्ग्राले उस्को छात्ति चिरेर वध गर्नु भयो ।
भगवानको यो अवतार डरलाग्दो अवतार हो । आज सम्मपनि भागवतीय
आचरणमा रहेर भगवान नृसिंहको जप पाठ आराधना गर्छ भने उस्लाइ
शत्रुवाधा हुदैन ।।

छोटो चरणले पैदल यात्रा गर्दै भगवान बलीको यज्ञस्थलमा पुग्नु भयो ।
भेषभूषाले बटुक ब्राह्मण देखेर अन्न वस्त्र रत्नहरु दिएर बलीका यज्ञ
रक्षकहरु आए तर भगवानले त्यो दान स्वीकार गर्नुभएन बरु महाराज
सित भ्ट्ने र्इच्छा व्यक्त गर्नुभयो । योवेला बलीकी कन्या रत्नमाला
ले देखिन र भगवानको निर्दोष सुन्दर अनुहार कोमल शरीर देखेर आहा
यति सुन्दर त मेरो पुत्र भएको भइ म आफ्नो स्तनपान गराउथें भन्ने
बिचार आयो अन्तर्यामी भगवानले पनि मनमनै तथास्तु भन्नु भयो ।
बली आए के माग्न र्इच्छा छ भन्दा भगवान वामनले मेरो कदमले नापेर
ती कदम भूमि चाहान्छु भन्नु भयो । बलीले गाउँ ब्राह्मणकी कन्या गाइ
इत्यादि धेरैकुरा दिन्छु जेमाग्छौ माग तर यो तीन पाइला भूमि तिमलाइ
के काम भन्दा भगवानले हे राजन मानिसको इच्छा अनन्त हुन्छ । तर
मलाइ तीनकदम भूमि भए पुग्छ दिने भए सड्कल्प गर भन्नु भयो । बलिले
संकल्पगर्न लाग्दा शुक्र कमण्डलुभित्र छिरेर जल रोके । भगवानले कुशले
जल खोल्न लाग्दा शुक्रको एउटा आँखा फुट्यो । अन्यत्यमा बलीले तीन कदम
भूमि दिने सड्कल्प गरे ।

बलिले सड्कल्प गरेपछि भगवानले आफ्नो शरीर बढाउदै विराटरुपमा
आकाशमा बढ्दै जानुभयो । वहाँको शिर बादलबाट पारभएर अन्तरिक्ष
मा पुग्यो । भगवानले पहिलो कदममा सिगै पृथिवी नाप्नुभयो । दोश्रो
कदमले नापेर सत्यलोक पनि नाघेर गयो । यो समयमा ब्रह्माजीले
कमण्डलुले चरण धुँदा गंगा प्रकट भइन । तेश्रो कदम राख्ने ठाउ भएन
अब म आफ्नो तेश्रोकदम कहाँ राखौं । आफ्नो संकल्प व्यर्थ बनाउछौ
कि तेश्रोकदम राख्ने ठाउ दिन्छौ भनेर बलीलाइ सोद्धा बलिले मेरो शिरमा
राख्नुहोस भनेर शिर दिए । तेश्रोकदम भगवानले बलीको शिरमा राखेर
पाताल धसाइ दिनुभयो ।














 

1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete