Wednesday, March 1, 2017
आजको राशिफल
आज वि.सं. २०७३ फाल्गुन १९ गते बिहीबार तदनुसार ई. सं. २०१७ मार्च २ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन मद्ध्यम रहेको छ, ढिलाई भयता पनि गरेका कार्यबाट सफलता मिल्ने छ, केही सानातिना समस्या हरु आउने छन, मान्यजन हरुको सल्लाह र साथ लिदा उचित हुने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, सानो मेहनत ले अधुरा कार्य सफल र फसेका धन उकास्न सकिने छ, दिन रमाइलो गरी बित्ने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन मद्ध्यम रहेको छ, शुभ अशुभ बराबर होला, गरे अनुसार सफलता न मिल्ला, मन चन्चलो बन्ने छ, नयाँ कार्य सुरु न गर्नु होला, चाहे अनुसार फल प्राप्ती हुने छैन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन अशुभ रहेको छ, शत्रुले हानी पुराउन सक्ला, गरेका कार्यमा बाधा आउने छ, कुनै नराम्रो खबर सुनिएला, केही मात्रमा निराशपन भोग्नु पर्ने छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन शुभ रहेको छ, साथीभाइको सहयोग बाट पनि अघी बढन सकिने छ, सरकारी कार्य बाट लाभ मिल्ने छ, आम्दानिका मार्ग खुल्ने छन, समय आफ्नो पक्षमा रहने छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन मद्ध्यम रहेको छ, शुभ अशुभ उस्तै रहने छ, कार्य हातमा आएर पनि पुरा गर्न अल्ली गाह्रो पर्ला, परिवारमा केही समस्या आउँला, खर्चको मात्र बढ्ने छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन शुभ रहेको छ, आफ्नो ब्यवहाँरमा ख्याल राख्नु होला, गरेका कार्य बाट सफलता हात लाग्ने छ, कुनै खुशीको खबर सुनिएला, शुभ कार्यमा मन लगाउनु होला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन अशुभ रहेको छ, हरेक कार्यमा बाधा आउने छ, गरेका कार्यमा ढिलाई हुने छ, बोलिको उल्टो अर्थ लाग्न सक्ला, गर्न खोजेका कार्यमा बाधा र अवरोध आउन सक्ने छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन अशुभ रहेको छ, ध्यान अन्तै मोडिएला, दाम्पत्य सम्बन्ध वा प्रेमी/प्रेमिकाका बीचमा चिसोपन देखिनसक्छ, दैनिक कार्य सामान्य रहने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन मद्ध्यम रहेको छ, केही शुभ कार्य होला तर शत्रु पक्ष बाट हानी होला, कुरा काट्ने सतर्क रहने छन, परिवारमा कसैलाई समस्या देखिन सक्ने छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन शुभ रहेको छ, शुभ कार्यमा मन लगाउनु होला, बाधा र चिन्ता काम हुँदै जाने छन, समयलाई चिनेर अघी बढ्दा लाभ मिल्ने छ, सहयोगी बाट साथ मिल्ने छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन अशुभ रहेको छ, राम्रो गर्न खोज्दा उल्टो होला, बिवाद बाट जोगिनु होला, सम्यता अपनाउन जरुरी रहेको छ, परिवार मा केही समस्या आउने छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment