Wednesday, June 29, 2016

नारी आफ्नो सबै थोक समर्पित गर्दछिन

मानिस र बासना 


भगवानले मानब लाई कुनै पनि ईलम दिएनन। एस्लाई त अज्ञानीले प्राप्ती गर्छ किन??? 
जब कि कुनै हरिण को बच्चा जन्मिनी बित्तिकै उफ्रिन र दौडिन सक्दछ। मैले एही हरियो घास खानु पर्छ भन्नि उस्लाई थाहा हुन्छ र यहाँ सम्मा कि भर्खरै जन्मेको हरिणको बच्चाले बाघ देख्नी बित्तिकै भाग्नु पर्छ भन्नि समेत उस्लाई थाहा हुन्छ। बिडम्बना हामी मानब जन्मिसके पछी सबै कुरा सिकेर मात्र थाहा पाउदछौ। एदी बाघ को अघाडी घास राखिदिनी हो भने खाँदैन।। 

लाग्छ् कि भगवानले हामी मानब जातिलाई आफ्नो इच्छा अनुसार चल्नको निमित्त छुट दिएका छन, जस्को कुनै नियम नै छैन। ठीक तेसै गरी प्रेम-मायाको आफ्नो समय हुन्छ तर मानब को कुनै समय नै हुँदैन। जब मन लाग्यो काम-बासनामा लिप्त भईदिन्छ मानब। एउटा धुर्ब सत्य यो हो कि हामी जे गर्छौ तेस्को पारीणाम त अवस्य भोग्ने छौ। तेसैले माया-प्रेम लाई प्रक्रिती को अनुसार गरौ बिना कुनै शर्त। नारी त सोयम प्रक्रिती हुन, नारिलाई सम्मान गरौ र बुझ्ने कोशीस गरौ। 

जब कुनै नारिले कुनै पुरुषलाई मन भित्र सजाउछिन र माया गर्छिन ति नारी आफ्नो सबै थोक समर्पित गर्दछिन तर कोही कोही नारी र पुरुष यो देखाउन खोज्छन कि उनी हरु कुनै प्रेमी प्रेमिका होइनन। मात्र एउटा मन को प्यास मेटाउने आधार मात्र हुन, उनिहरु सोच्छन कि प्रेम माया भनेको त लुगा लगाये जस्तो हो जुन पर्‍यो लगायो र मन न परे पछी खोलेर फालिदियो। 

आखिर सत्य त यो हो कि! जुन दिन हजुरको माया-प्रेम मा ईमान्दारिता आउछ त्यो दिन हजुरको शरिरको हृदय चक्र जागृत हुने छ। एदी हजुरको आफ्नो कसैलाई सानो पिडा मात्र भयो र त्यो बेला हजुर जती नै टाढा भये पनि यो खबर पाउदा हजुरको मनमा पक्कै पनि केही न केही हुन्छ। 

गर्नु नै छ भने सच्चा हृदय बाट प्रेम गर, नाच-गाउ-रमाउ- माया बांढ जो तिम्रो हो। तिमी आँफै त्यो हौ जस्ले तिमी आँफैलाई बदल्न सक्दछ।। 
लेखक:- ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२

No comments:

Post a Comment