Tuesday, June 28, 2016
गाई को गौत बाट सुन निस्कियो
गौ माताको गौतमा सुन भेटिने
सुन्दा अचम्म लाग्यो होला। गाईको गौतमा सुन पाईन्छ भन्दा तर सत्य भएको र एक वैज्ञानिकले भने आफुले गाईको गउतबाट १ लिटर गउतमा ३ देखि १० ग्राम सुन निकाल्न सफल रहेको दाबी गरी रहेका छन।
भारतका प्रोफेसर डा. बीए गोलकियाले एस्तो दाबी गरेका छन। प्रोफेसरले ४ बर्षको अनुसन्धानपछि गिर नस्ल गाईको गउतबाट सुन निस्कने दाबी गरेका छन ।
विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा अध्यक्ष समेत रहेका डा .गोलकियाले आफ्नो ४ बर्षको अनुसन्धानमा ४०० भन्दा बढी गाईको गउत जाँच गरे पछी ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सफल भएको दाबी गरेका छन । यो धातु आयनको रूपमा ( gold salts) पाइने र पानीमा घुल्ने बताएका छन् ।
हिन्दू धर्ममा गाईलाई गौ माता भनी पुज्ने चलन चली आएको छ। गौ माताको गौत बाट धेरै लाभ लिन सकिने सबैलाई जानकारी छ जुन बिज्ञानले पनि स्विकारेको छ।
उक्त परिक्षाण को क्रममा उनले क्रोमैटोग्राफी-मास स्पेक्ट्रोमेट्री ( chromatography-mass spectrometry (GC-MS) ) बिधि प्रयोग गरेका थिए । परीक्षणपछी उनको भनाइ एस्तो थियो। "ग्रन्थमा मात्रै गाईको गउतमा सुन हुन्छ भनेर पढेका थियौ तर त्यसको कुनै पनि बैज्ञानिक प्रमाण नभएका कारण एस्को रहस्यको लागि म लगायता मेरो टिमले एस बिषयमा अनुसन्धान् गरौ र सफल पनि भयौ"।
अनुसन्धानको क्रममा भैसी, ऊंट, भेडाको मुत्र पनि परीक्षण गरेको तर कुनैमा सुन फेला नपरेको र मात्रा यो गौ माताको गौतमा फेला पर्ने समेत बाताए। यो सुन केवल रसायनिक प्रक्रियाबाट निकाल्न सकिने उनको भनाइ छ। अनुसन्धानको क्रममा गउतमा पाइने ५ हजार बढी यौगिक मध्ये ३८८ मा औषधीय गुण रहेको पनि फेला परेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment