जीवनमा पूर्ण हुनु छ भने नारिलाई बुझ्न जरुरी छ।
जुन मनुष्यले सन्यास लिएर ध्यानमा लिप्त हुन्छ र भन्दछ कि नारी बाट टाढा रहनु। सम्झनु कि त्यो सन्यासी ले सत्य बुझ्न सक्ला, चमत्कार देखाउन सक्ला तर उस्ले कदापी मोछ प्राप्ती गर्न सक्दैन। किन कि उ अधुरो छ।
मैले यो कुरा गर्दा शायद हजुर हरुलाई अचम्म लाग्न सक्ला।। तर सत्य एही हो। किनकी सोयम भगवान शिव भन्नु हुन्छ कि ! संसारमा हरेक स्त्री र पुरुष एक अर्काकै लागि बनेका हुन। हाम्रो आधा शरीर पुरुष र आधा शरीर स्त्रिको हो। जब सम्म तिमी प्रेममा लिप्त हुँदैनौ र स्त्री पुरुष एक हुँदैनौ तब सम्म तिमी अधुरो नै छौ।
जब सती ले अग्नी कुण्डमा प्राण त्याग्दा शिवजी सतिको बियोग परेर उनले सतीलाई फेरी पार्वतीको रुपमा प्राप्ती गरेका थिए। त्यो बेला शिवले यो भन्नु भएन कि म त सन्यासी हुँ, कसरी म विवाह गर्न सक्दछु र? जसरी प्यास लाग्दा तेस्को तृप्ति पानी पिएर नै हुन्छ तेसै गरी तन को प्रेम बाट नै आत्मा लाई तृप्ति मिल्दछ र आधा शरीरको अधुरो पनको कमी मेटिन्छ। भगवानले कहिलै पनि यो भन्नु भएको छैन कि "पुरुष स्त्री बाट र स्त्री पुरुष टाढा बस" र सन्यासी लिउ। मात्र एती हो कि ध्यानमा लिप्त हुँदा मन बिचलित न बनाई मात्र आफ्नो ध्यानलाई केन्द्रित बनाउ।
तसर्थ सत्य त एही हो कि प्रकृतिको नियम लाई तिमी नकार्न सक्दैनौ। जब हजुर पूर्ण तृप्ति हुनु हुन्छ भने जीवनमा कुनै कार्य अध्यात्म पूर्ण गर्नु हुने छ। जो साधु वा तपस्वी भगवान पशुपती को किर्पाले ज्ञानी छ के उह भगवान भन्दा पनि ज्ञानी छ र? तसर्थ आफ्नो प्रिय लाई चिन्नुहोस् र आफ्नो प्रिय पर्ती आफ्नो भूमिका निभाउनुहोस्। अर्धनारीश्वर- अर्धपुरुष्व्रर को जस्ले ममता र स्नेह प्राप्ती गर्दैन उस्ले कहिलै पनि असलमा मोछ प्राप्ती गर्न सक्दैन। आमा को अर्थ कुण्डलिमा चन्द्रमा, जस्को चन्द्रमा शुभ छ उस्ले शिवजी को जट्टामा बिराजमान चन्द्रमा जस्तै आफ्नो शिरमा चन्द्रमा प्राप्ती गर्दछ र स्त्रीलाई सुख राख्दछ। एदी स्त्री सुख त शुक्र ग्रह शुभ रहन्छ। शुक्र ग्रह दैत्य गुरु भएका कारण एदी शुक्र खराब त दैत्य गुरु क्रोधी रहन्छन र मनमा पनि दैत्य(राछस) जस्तो भावना हरु उत्पन्न हुन्छन।
किन कि ग्रहको प्रभाव बाट कोही पनि बंच्न सक्दैन। शनी ग्रहले केही समयको लागि सोयम भगवान शिवजिलाई पनि आफ्नो प्रभाबमा पारेको थियो। तसर्थ जागौ र जीवनमा नारिको महत्तो लाई बुझेर नारिको मन र भावनालाई बुझ्ने कोशीस गरौ। एदी कोही रुष्ट छ भने उस्को भावनालाई बुझेर मनाउने कोशीस गर्नु होस्। अवस्य पनि सबै राम्रो हुने छ। स्त्री-पुरुष भनेको एक अर्काको अंश नै हुन तसर्थ किन घमण्ड र नारी माथि आफ्नो हक-अधिकार?
लेखक:- ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२

No comments:
Post a Comment