.................अब जागौं जोसले.............
आजकलका छोरा छोरी के के हुन थाले
बड़ो दुक्ख गरि घरमा भन्छन हाम्रा बा' ले
बाउआमा लाई ढोग्नुपरे अति लाज मान्छन
रूष्ट भये देखि प्यारी गोड़ा ढोगी रून्छन।
आमा बाउ बुढ़ा रोगी गन्हाउनेरे भन्छन
बसाउँछरे प्रेमिका को पादे भने सुङछन
छोरा मोरा एस्तै भये छोरी मोरी के कम
नानी पघा लगाई कुक्कुर डढ़ेलनामा बोक्छन ।
हेल्लो हाई भन्दै भन्दै सड़क ढाकि हिड़ने
एता उति हेरदै प्रेमिक बोलाई बोलाई भिड़ने
स्तन पानको कुरो छैन बोतल ले प्याउँछन
दुई गोड़ामा बाँधिनानी मोवाईल्मा रम्छन।
एस्तै चालामाला गर्छन किन हाम्रा सन्तान
हाम्रै संस्कार कमि अरे भन्छन हाम्रै सन्तान
पश्चिम को हावा होकि खान् पानको दोषले
चारै चौरस बिग्री जाला जागौं जागौं होसले।
अब जागौं जोसले।
त्यसैलेत कुक्कुरले पढ़ाई दिन्छ नानी
सिक्नु पर्छ राम्रा कुरा राम्रा आनी वानी
मेरै जस्तो प्रभू भक्ति मालीक मान्ने गर
मेरै जस्तो चनाखो र श्रवण शक्ति धर ।
चोर--डाका देखि घर बँचाई राखने गर
थोरै खाई सन्तोक हुने लोभी पना छोड़
पुच्छर मैले निउँराये झैं शिर तिम्ले निउँराउ
बेत् छ हातमा पढ़ राम्रो नत्र कुटाई पाउलाउ।
मल्लीनाथ उपाध्याय ग्वालपाड़े
12/08/2016.
"यी चित्रहरू अन्यान्य fb वाट लिएको हूँ।"
No comments:
Post a Comment