Wednesday, August 31, 2016

जब दानवी आत्माहरू ज्यादा सक्रिय हुन्छन्, तब मनुष्यहरूमा पनि दानवी प्रवृत्तिकाे असर बढ्न जान्छ ।

अाैंशीमा भूतप्रेत सक्रिय हुन्छन्…… एउटा विश्वास वा अन्धविश्वास ?? 


 रहस्यमय हुने गर्छ अमावस्या वा अाैंशी, नकारात्मक शक्तिकाे प्रभाव रहने गर्छ हिन्दु धर्ममा पूर्णिमा, अमावस्या र ग्रहणकाे रहस्यलार्इ उजागर गरिएकाे छ। यसका अलावा वर्षमा यस्ता कतिपय महत्वपूर्ण दिन र रात हुन्छन् जसले पृथ्वी र मानव मनमा गहिराे प्रभाव पार्दछन्। तिनीहरूमध्ये पनि महिनामा पर्ने २ दिन सबभन्दा महत्वपूर्ण छन्- पूर्णिमा र अमावस्या। पूर्णिमा र अमावस्याबाट धेरै मानिसहरू डराइरहेका हुन्छन्। त्यसमा पनि खास गरेर मानिसहरूमा अमावस्याप्रति ज्यादा डर हुने गर्छ। 


वर्षभरिमा १२ पूर्णिमा र १२ अमावस्या हुन्छन्। सबैकाे अलग-अलग महत्व छ। हिन्दू पञ्चांग अनुसार महिनाकाे ३० दिनलार्इ चन्द्र कलाका आधारमा १५-१५ दिनका २ पक्षहरूमा बाँडिएकाे छ- शुक्ल पक्ष र कृष्ण पक्ष। शुक्ल पक्षकाे अन्तिम दिनलाृइ पूर्णिमा भनिन्छ भने कृष्ण पक्षकाे अन्तिम दिनलार्इ अमावस्या। अमावस्या : वर्षकाे मान वा हिसाबबाट उत्तरायण तथा महिनाकाे हिसाबले शुक्ल पक्षमा देव आत्माहरू सक्रिय हुन्छन् भने दक्षिणायन तथा कृष्ण पक्षमा दैत्य आत्माहरू ज्यादा सक्रिय रहन्छन्। जब दानवी आत्माहरू ज्यादा सक्रिय हुन्छन्, तब मनुष्यहरूमा पनि दानवी प्रवृत्तिकाे असर बढ्न जान्छ । त्यसैले उक्त दिनहरूका महत्वपूर्ण दिनमा व्यक्तिकाे मन-मस्तिष्कलार्इ धर्मतिर अाकृष्ट गरिन्छ । अमा‍वस्याकाे दिन भूत-प्रेत, पितृ, पिशाच, निशाचर जीव-जन्तु र दैत्य ज्यादा सक्रिय र उन्मुक्त रहन्छन्। यस्ताे दिनकाे प्रकृतिलार्इ बुझेर विशेष सावधानी अपनाउनु पर्दछ। 


प्रेतकाे शरीरकाे रचनामा २५ प्रतिशत फिजिकल एटम र ७५ प्रतिशत इथरिक एटम हुन्छ। यसै गरी पितृ शरीरकाे निर्माणमा २५ प्रतिशत इथरिक एटम र ७५ प्रतिशत एस्ट्रल एटम हुने गर्छ। यदि इथरिक एटम सघन हुन गएमा प्रेतहरूकाे छायाचित्र लिन सकिन्छ र त्यसै गरी और यदि एस्ट्रल एटम सघन हुन गएमा पितृहरूकाे पनि छायाचित्र उतार्न सकिन्छ। ज्योतिषशास्त्रमा चन्द्रलार्इ मनकाे देवता मानिएकाे छ। अमावस्याकाे दिन चन्द्रमा देखिँदैन। यस्ताेमा जुन मानिस अति भावुक हुन्छन्, तिनीहरूमाथि यस विषयकाे सर्वाधिक प्रभाव पर्दछ। युवतीहरू मनले नै अत्यन्त भावुक हुन्छन्। यस दिन चन्द्रमा देखिँदैन । त्यसैले त यसबाट हाम्राे शरीरमा हलचल अधिक मात्रामा बढ्न जान्छ। जुन व्यक्ति नकारात्मक सोच भएकाे हुन्छ त्यसलार्इ नकारात्मक शक्ति अाफ्नाे प्रभावमा लिने काम गर्छ । धर्मग्रन्थहरूमा चन्द्रमाकाे १६ अाैँ कलालार्इ ‘अमा’ भनिएकाे छ। चन्द्रमण्डलकाे ‘अमा’ नामकाे महाकला छ जसमा चन्द्रमाकाे १६ कलाहरूकाे शक्ति समावेश छ। शास्त्रहरूमा अमाका अनेक नाम आएका छन्, जस्तै अमावस्या, सूर्य-चन्द्र संगम, पञ्चदशी, अमावसी, अमावासी वा अमामासी। अमावस्याका दिन चन्द्रमा देखिँदैन अर्थात जसकाे क्षय र उदय हुँदैन त्यसैलार्इ अमावस्या भनिएकाे छ, त्यसैलार्इ यसलार्इ ‘कुहू अमावस्या’ पनि भनिन्छ । 


अमावस्या महिनामा एकपटक मात्र आउँदछ। शास्त्रहरूमा अमावस्या तिथिकाे स्वामी पितृदेवलार्इ मानिएकाे छ। अमावस्या सूर्य र चन्द्र काे मिलन काल हाे। यस दिन दुबै एकै राशिमा हुन्छन्। सोमवती अमावस्या, भौमवती अमावस्या, मौनी अमावस्या, शनि अमावस्या, हरियाली अमावस्या, दिवाली अमावस्या, सर्वपितृ अमावस्या आदि मुख्‍य अमावस्याहरू हुन्। अमावस्याकाे दिन के नगर्ने…. * यस दिन कुनै पनि प्रकारका तामसिक वस्तुहरू सेवन गर्नु हुँदैन। * यस दिन रक्सी आदि नशालु पदार्थबाट पनि टाढे बस्नुपृछ। यी चीजहरूले शरीरमा मात्र हाेइन, तपार्इंकाे भविष्यमाथि पनि दुष्परिणाम गराउन सक्छन्। * जानकार मानिसहरू त कतिसम्म भन्छन् भने चतुर्दशी, अमावस्या र प्रतिपदा उक्त ३ दिन पवित्र बनिरहनुमा नै भलाइ छ। वेबदुनियाबाट नेपालीमा अनुवाद । भाषा अनुवादकः कुमार पाैडेल

No comments:

Post a Comment