Monday, August 8, 2016
आजको राशिफल
आज वि.सं. २०७३ श्रावण २५ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ अप्रिल अगष्ट ०९ तारिख
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ तर स्वास्थ्यमा सजक रहनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
वादविवादमा विजय प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला ।साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ,तर शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । प्रतिस्पर्धाले फाइदा दिलाउनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिवारका सदस्यहरूमा खुसी, उमङ्ग र हर्षको सञ्चार हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सहयोगीहरूले पनि काममा साथ दिनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment