Sunday, August 7, 2016

आजको राशिफल


आज वि.सं. २०७३ श्रावण २४ सोमबार तदनुसार ई. सं. २०१६ अग्ष्ट ०८ तारिख

समस्याको समाधानको लागि
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु, गणेस्थान-म्याग्दी चोक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारो स्वास्थ्य कमजोर रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विलासितातर्फ मन आकर्षित हुनेछ, व्यक्तिगत खर्च बढ्ने छ । आज तपाइलाइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासमा मन केन्द्रित हुनेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन भावना र कल्पनामा रुमल्लिन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला, रुपैयापैसा हराउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।

No comments:

Post a Comment