Thursday, July 28, 2016

आजको राशिफल

 वि.सं. २०७३ श्रावण १४ गते शुक्रबार, तदनुसार ई. सं. २०१६ जुलाई २९ तारिख,
आफ्नो समस्याको समाधान चाहनुहुन्छ भने फोन गर्नुहोला वा दिएको ठेगानामा संपर्क राख्नु होला।।
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले आज मनग्ये सहयोग गर्नेछन् । पठनपाठन र र्बाद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । वैवाहिक तथा पारिवारिक जीवनमा समेत धमिलोपन देखापर्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज तपाईंले सम्पति बेचबिखन गर्नु राम्रो हुँदैन । पारिवारिक जीवनमा विभिन्न समस्या देखा पर्नेछन् । साझेदार वा सहयोगीका कारण बेफाइदा हुनसक्छ । व्यस्त दिनचर्या कायम भए पनि लाभ लिन सकिने छैन । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट दुःखद समाचार सुन्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज मन उत्ताउलो र चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित र दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिकूल समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय राम्रै छ । साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । आज विगतका कमीकमजोरी सम्झने दिन होइन, मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नुु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साँझमा साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला व्यवहारिक हानी हुनेछ होस राख्नोस् । ढिलो गरी कार्यसम्पादन हुने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । पारिवाुिरक विवाद अन्त्य भई माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ ।


No comments:

Post a Comment