Thursday, July 21, 2016

आजको राशिफल

वि.सं. २०७३ श्रावण ०७ गते शुक्रबार, तदनुसार ई. सं. २०१६ जुलाई २२ तारिख,
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रो समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज गरिएको क्रियाकलापले तपाईंलाई दीर्घकालिक असर पर्नसक्छ, त्यसैले तपाईंले आफ्नै विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्नुपर्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । यात्राको योग छ । आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल हुँदैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय मध्यम रहेको छ । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख मन भुलाउने उपायको प्राप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खराब समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । आफन्त वा घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

No comments:

Post a Comment