Friday, July 1, 2016

श्रीमान श्रीमति


आनन्द सुबेदी :-
एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ ।
अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतिले भनिछन ।

श्रीमति- कहाँ जानु भएको थियो ? मैले हजुरको अफिसमा पनि फोन गरी सोधे । हजुर त आज अफिस पनि जानु भएन रे । के हो एस्तो चाला ? अनि यो हातमा भएको झोला कस्तो गनाई रहेको छ । के हो यो ?

श्रीमान- म.. म... म आमालाई लिन गएको थिए । आमा अब एही बस्नु हुन्छ । यो झोला आमको हो । एस्मा आमको कपडा हरु छ ।

श्रीमति- (रिसले जुर्मुराउदै) दिमाग त सही छ हजुरको ? किन आमालाई यहाँ ल्याउन पर्‍यो र ? हजुर कै दाजु भाइले हेरी हाल्छन नि, तेसै माथी हजुरको तलब ले के नै हुन्छ र ? छोरा छोरी लाई पढाउन त गाह्रो भैरहेको अवस्थामा अब यि बुढिलाई कसरी पाल्ने ? सक्दिन म त पाल्न ।

श्रीमान- तेस्तो न भन, आमाको सेवा गर्नी त हाम्रो धर्म र कर्तब्य हो नि ।

श्रीमति- आफै बाच्न धौ धौ परेको बेलामा म त सक्दिन ।

एती भन्दै श्रीमतिले श्रीमानको हात बाट झोला खोसेर बाहिर लगेर फालिदिन्छे । अनि एसो बाहिर हेर्दा त आफ्नै आमा पो रहेछ । अनि हत्तनपत्त झोला उठाउदै आमालाई लिएर भित्र आउछे र श्रीमान लाई भन्छे ।

श्रीमति- अगिनै भन्न पर्दैन ? मेरो आमा हो भनेर ।

श्रीमान- तिमीले मलाई बोल्नी मौका का दियौ र ? एकोहोरो आफु मात्र बोलेको बोलै । तिम्रो दाई र भाउजुले तिम्रो आमालाई घर बाट निकाली दिएका रहेछन । अनि मैले थाहा पाएर म अफिस न गै कन आमालाई लिन गएको थिए ।

श्रीमति- (मुस्कुराउदै) कती जाती र बुझ्नि हुनु हुन्छ है मेरो प्यारो बुढो । (एती भन्दै उ आमालाई लिएर भित्र कोठामा जान्छे)

(एस्तै छ सन्सार, भनिन्छ घर बनाउनु र भत्काउनुमा आईमाइको ठुलो हात हुन्छ । जुन घरमा नारी समझदार, दयालु र बुद्धिमानी हुन्छे । त्यो घर आफैमा स्वोर्ग हो । सबैले बुझ्न जरुरी छ)
आफ्नो आमालाई मात्र माया गर्ने र आफ्नो सासु लाई गन्दै नगन्ने बुहारी र आफ्नो आमालाई घर बाट निकाल्ने त्यो छोरा यि दुबै धर्तीका बोझ भन्दा फरक पर्ला र ???
लेखक:- ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२

No comments:

Post a Comment