Sunday, July 17, 2016
आजको राशिफल
२०७३ श्रावण ०३ गते सोमबार, २०१६ जुलाई १८ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन शुभ, समयले साथ दिने, आम्दानी बढ्ने, कार्य सिद्धी र लाभ योग, बाधा आएका कार्य पनि अघी बढ्ने।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दिन अशुभ, नयाँ सुरु नगर्नुहोला, कार्यमा बाधा, उदास छाउने, यात्राामा सचेत रहनु, मेहनत अनुसार फल नमिल्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दिन अशुभ, पारिवारिक समस्या आउला, चाहे अनुसार समय निकाल्न गाह्रो पर्ने, बिवाद तथा मनमुटाब होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन शुभ, कार्य अघी बढ्ने, मेहनत खेर जाने छैन, यात्रा बाट लाभ, आत्मबल बढाउन अल्ली जरुरी देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन शुभ, मान्यजको साथ र सल्लाहले लाभ मिल्ने, आजको कार्यले भबिष्यलाई लाभ मिल्ने, आफ्नो छेत्रमा प्रगती हुने।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिन अशुभ, सपना चकनाचुर होला, कार्यमा हानी र बाधा, शत्रुको चलखेल बढ्ला, परिवारमा केही बाधा र समस्या आउँला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन शुभ, कमी कमजोरी लाई सुधार्ने समय रहेको छ, सहयोगी बाट साथ लिदा उचित हुने छ, नयाँ कार्य अघी बढ्ने।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन शुभ, नयाँ कार्यको लागि बाटो खुल्ने, आम्दानी बढ्ने, खुशीको बातावरण बन्ने, दिन रमाइलो रहने छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दिन शुभ, बोलिको कदर र बोलिको भरमा लाभ मिल्ने, शत्रु पराजित, बिगतका कार्य बाट लाभ लिना सकिने छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दिन अशुभ, लगानी गर्दा निकै बिचार पुराउनु होला, कार्यमा बाधा, कुनै अप्रिय घटना सुनिएला, कसैको आश नराख्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दिन शुभ, लाभ मिल्ने योग, कार्य सिद्धी, मेहनतको राम्रो फल मिल्ने छ, अधुरा कार्य लाई अघी बढाउन सकिने।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दिन शुभ, सबैको साथ मिल्ने, आजको कार्यले भबिष्यलाई लाभ मिल्ने, सम्बन्ध गाढा हुने, बोलिको कदर हुने।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment