Thursday, July 14, 2016

हरिशयनी एकादशी को महत्तो

२०७३ असार ३१ गते - आज तुलसी रोप्ने दिन { हरिशयनी एकादशी }
असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिन्छ। हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा भनिन्छ । चतुर्मासमा व्रत गर्नु शुभ मानिन्छ्ह।
संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो.........तुलसीका फाइदाहरु
* धेरै दिशा लागेमा
८/१० वटा तुलसीपात चौथाइ भाग जाईफल पिनेर खाएमा ठिक हुन्छ ।
* आउँ, शुल परेमा
१०/१२ तुलसीको पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानु होला ।
* दिशामा रगत आएमा
१/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।
* अल्काई भएमा
तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।
* बालतोड् घाऊ भएमा
पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।
* घाँटी बसेमा
घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ।

आषाढ शुक्ल एकादशीको कथा
युधिष्ठीरले सोधे हे केशव आषाढको शुक्लपक्षमा के नाम भएको
एकादशी हुन्छ ? त्यसका देवता को हुन ? त्यो एकादशीको व्रतविधि
के हो ? यो कुरा बताउनुहोस । भगवान श्रीकृष्ण भन्नुहुन्छ,, हे राजन
जुन कथा महात्मा नारदलाइ ब्रह्माजीले सुनाउनुभयो त्यो
आश्चर्य लाग्दो कथा म भन्दछु सुन्नुहोस ।नारदले भन्नुभयो
हेपरमपिता आषाढ शुक्लमा कुन एकादशी हुन्छ भगवान बिष्णुको
आराधनाका लागि प्रसन्नता पूर्वक त्यो कथा मलाइ बताउनुहोस ।
नारदको जिज्ञासा सुनेर ब्रह्मा भन्नुहुन्छ । हे मुनीश्रेष्ठ हे कलीप्रीय ।
तिमि भगवान श्रीबिष्णुका प्रीय छौ । यसैले राम्रो प्रश्न गर्यौ । सन्सारमा
यो एकादशी भन्दा पवित्र अर्को कुनै एकादशी छैन । सम्पूर्ण पाप नाश
गर्नका लागि प्रयत्न पूर्वक आषाढ शुक्ल एकादशीको व्रतगर्नु पर्छ ।
यसैले तिमिलाइ म सुनाउछु । कुनैपनि एकादशीको व्रत पापनाशक
पुण्यदायक इच्छापुरागर्ने हुन्छ । यो व्रत जुन मनुष्यले लोकमा गर्दैनन
ती सवै मनुष्यहरू नरकगामी हुने छन । आषाढ शुक्लमा पर्ने एकादशी
पद्मा भन्ने नामले विख्यात छ । हृषिकेश भगवानको प्रीतिकालागि यो
उत्तमव्रत सवैले गर्नुपर्छ । अब म तिमिलाइ पुराणहरूले बताएको
कल्याणकारी कथा सुनाउछु । जुन कथा सुन्नाले ठुलोपापराशि
बिनाशहुन्छ । उहिले सूर्यवंशमा उत्पन्न मान्धाता नामका
राजाथिए । ती सत्य प्रतीज्ञ तथा पराक्रमी चक्रवर्ति राजा थिए ।
तिनले आफ्ना प्रजाहरूलाइ पुत्रवत पालना गर्दै धर्मपूर्वक राज्यगर्थे ।
उनको राज्यमा कसैलाइपनि कुनैप्रकारको पीरमर्का रोगव्याधि
अनिकाल भएन । राज्यका साराप्रजाहरू आतंकरहित थिए । धनधान्यले
परिपूर्ण थिए । राजभण्डारमा अन्यायसित आर्जनगरेको धनद्रव्य पनि
थिएन । यसरि राज्य गर्दा धेरैवर्ष बित्यो । यसपछि कुनै समयमा
पूर्वजन्मको पापकर्मको फल आइलाग्यो । उनका देशमा तीनवर्षसम्म
पानि परेन । दडेरीका कारण प्रजाहरू भोकले पीडित भएर खिन्नभए ।
अन्नको अभावले पीडित जनता स्वाहा स्वधा वषट्कार वेदाध्ययनले
वर्जित भए । १४ ।।
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२

No comments:

Post a Comment