Monday, July 4, 2016

आठ बर्षे अमेरीका बसाई । अमेरीका आएर हामी नेपालीले गर्न सक्ने काम भनेको शुरूका एक दुई बर्ष जे पाईन्छ त्यही गर्ने हो ।

२०७३ आषाढ २१
नवलपरासी घर भई बिगत ८ बर्ष देखी अमेरिका बस्दै आएका सरोज भुसाल को अमेरिका बुझाई एस्तो रह्यो। उहां भन्न्नुहुन्छ "८ बर्षमा जे गरियो त्यो सन्तोष जनकनै छ"

आठ बर्षे अमेरीका बसाई ।
छ महीनाको काखे छोरो बोकेर डेनभरको एयर पोर्टमा झर्दा निकै ठुला सपनाहरू थिए ।जब यहाँ आएर यहाँको काम कुरो बुझियो तब ति सपनाहरू कुना तिर थन्किए र लागीयो घण्टा हान्न तिर ।दुई बर्ष लगातार दायाँ बायाँ नहेरी (चाडबाड भनिएन ,घुम्न कतै गईएन )काम गर्दा फेरी ति कुनामा थन्कीएका सपनाहरूमा नयाँ टुसा पलाउन शुरू गर्यो ।दुई बर्षमा कुन ढोकाबाट छिर्दा आफु सही ठाउँमा पुगिन्छ भन्ने पत्ता लाग्यो र त्यस पछी त्यो ढोकाबाट छिर्ने साँचो खोज्न तिर लागियो ।अर्को चार बर्षमा साँचो भेटीयो र ढोका खोलियो ,बाटो निकै अफ्ट्यारो रैछ तर गन्तव्यमा पुगिन्छ भन्ने आत्मबल झन बढेर गएको छ ।आठ बर्षमा जे गरियो त्यो सन्तोष जनकनै छ ।
मेरो ब्यक्तिगत अनुभब
अमेरीका आएर हामी नेपालीले गर्न सक्ने काम भनेको शुरूका एक दुई बर्ष जे पाईन्छ त्यही गर्ने हो ।त्यस पछी (१) पढ्न सक्नेले पढ्ने(अझ टेक्निकल बिषय ) र राम्रो जागीर खाने ,(२) ब्यापार ब्यबसाय गर्ने र आफ्नै काम गर्ने (३) श्रमिक भएर अरू कम्पनिमा काम गर्ने ।यि तिन मध्ये मैले दोस्रो बाटो रोज्न खोज्दै छु ।
ब्यापार अनुभब
अमेरिकामा साना खुद्रा ब्यापार (अझ ग्याँस स्टेशन,लिक्वेर स्टोर र होटल ब्यवसाय)को श्रृंखला बदलिदै गएको छ ।पहीले ठुला ठुला अमेरिकन कम्पनिले चलाएका स्टोरहरू चाईनिज-भियतनामी हुँदै भारतीय नागरिक सम्म आईपुग्यो र अहीले नेपालीको घनत्व बढे सँगै बिस्तारै ति ब्यवसाय नेपालीको हातमा पुग्दै छन र यो क्रम बढ्दै गएको छ जुन सकारात्मक छ ।मेरो आग्रह के छ भने ब्यापारमा आउन चाहने साथी भाईहरूको लागी यो राम्रो र उपयुक्त समय हो ।अली अली गोजीमा गाँठ र मनमा आँट भएकाहरू आउनुहोस बाटो अफ्ट्यारो छ तर परिश्रम ,मेहनत र ईमान्दारीता को अगाडी कसैको केही लाग्दैन ,अवश्य गन्तव्यमा पुगिन्छ ।
जय नेपाल ,जय नेपाली ।

No comments:

Post a Comment