Sunday, July 3, 2016

महाभारतको युद्ध सुनिश्चत थियो


युद्धबिना पाण्डवको अस्तित्व सुरक्षित
थिएन । तर योकुरा भगवान श्रीकृष्णलाइमात्र थाहा थियो । पाण्डवहरू
जुवाको हार पछि १२ वर्षको वनबासमा थिए । वनमानै गएर भएपनि भगवान
ले उनीहरूको शुभाशुभ बुझ्दै गर्ने क्रममा एक दिन श्रीकृष्णले अर्जुनलाइ
भन्नु भयो । पार्थ वनवासको यो कालखण्डलार्इ तिमि अवसरको रूपमा
प्रयोग गर । युद्ध निश्चित छ । विनायुद्ध पुनः तिमिहरूले राज्यपाउन सम्भव
छैन यसैले शस्त्रास्त्रको सञ्चय गर । दिव्यअस्त्रको आर्जन गर । सर्व प्रथम
तिमिले भगवान भोले नाथको आशिर्वाद प्राप्त गर त्यसपछि तिमिलाइ दिव्य
अस्त्रको भण्डार खुलाहुनेछ । भन्ने भगवानको परामर्श अनुसाार भगवान
शिवको तपस्या गर्दा भगवान आशुतोष प्रसन्न भएर अर्जुनलाइ पाशुपतास्त्र
दिनुभयो ।


 लाक्षगृहको अग्निकाण्डबाट ज्यान बचाएर भागेका कुन्ति सहितका
पाण्डवहरूको वनमा बास पर्यो । त्यो वन हिड्मब नामको नर भक्षी
राक्षसको आतंक ग्रस्त थियो । माता सहित चार भाइ निदाए भीम
सेन जागा बसे । यसै समयमा भीमको बलीष्ठ शरीर देखेर हिड्म्बी
बहिनी हिडम्बालार्इ ज्यादै लोभलाग्यो । दार्इको साथमा रहेर मानव
शिकार खोजेर दाइलाइ बुझाउने जस्तो दिक्दार लाग्दो एकोहोरो
कमले हिडम्बा दिक्क भइसकेकि थिइ । यो पुरूष त मेरै योग्य छ ।
विधाताले यसलार्इ यो वनमा मेरै निमित्त पाठाएको हुनु पर्छ । भन्ने
बिचार गर्दै उसले राक्षसीरूपबाट परम सुन्दरीको रूपमा परिवर्तन भइ र
भीमको नजिकमा गएर प्रेम प्स्ताव राखि । भीले पत्याएनन । यत्तिकै
मा त्यहाँ हिडम्ब आयो । भीमसेन सित घोर युद्ध भयो । यस युद्धमा
हिडम्बाले भीमको सहायता गरिन । हिडम्को वध भयो । मभाताको
अनुमतिले एकपुत्र जन्मिदा सम्म हिड्म्वासित बस्ने सम्झौतामा भीमले
हिडम्वासित विवाह गरे । भीमपुत्र घटोत्कच महाभारत को युद्धमा कर्ण
को धनुषवाट चलेको दिव्यास्त्र वाट मृत्यु भयो ।

No comments:

Post a Comment