जानकारीको लागि
वास्तुशास्त्रअनुसार घर निर्माण गर्दा विशेष ध्यान दिनु पर्ने कुरा हरु:-
वास्तुशास्त्रअनुसार घर निर्माण गर्दा खुला ठाउँ, शयनकक्ष, बालबालिकाको शयनकक्ष, अध्ययनकक्ष, भर्याुङ, किचेन, बेडरूम, पानी ट्याङ्की, शौचालय, बैठककोठालगायत सम्पूर्ण संरचनाका स्थूल र सूक्ष्म पक्षमा ध्यान दिनुपर्छ । विशेषगरी घरको ब्रह्मस्थानमा खुला ठाउँ हुनुपर्छ ।
एदी यि कुरा हरुमा बिशेष ध्यान दिन सकियो भने त्यो घरमा सुख शान्तीको बातावरण बन्दछ।
१> घरमूलीको शयनकक्ष नैर्ऋत्य कोणमा हुनु उपयुक्त हुन्छ । विकल्पको रूपमा ईशान कोणलाई पनि लिन सकिन्छ ।
२> भान्साकोठालाई आग्नेय कोणमा निर्माण गर्नु पर्दछ । विकल्पका रूपमा एस्लाई वायव्य कोण (पश्चिम–उत्तर) तर्फ पनि लिन सकिन्छ ।
३> भूमिगत पानीको स्रोत बनाउदा ईशान (पूर्वउत्तर) कोणमा बनाउनु पर्दछ ।
त्यसैगरी बालबालिकाको अध्ययन कक्ष, शयन कक्ष, स्नान कक्ष पूर्वमा हुनु राम्रो मानिन्छ ।
४> घरमा मूल प्रवेशद्वार बनाउदा घरमूलीको राशिअनुसार मिलाउँदा अती उत्तम हुन्छ ।
यद्यपि एस्तो सम्भव नभएमा सामान्यतया घरको मोहडा फर्केको दिशा अनुसार वास्तुशास्त्रीको सल्लाह लिएर निर्माण गर्न पनि सकिन्छ ।
५> गाडीको पार्किङ स्थल लाई आग्नेय कोणमा बनाउदा उत्तम मानिन्छ ।
६> शौचालय निर्माण गर्दा पश्चिम दिशाको केन्द्रबिन्दुदेखि दक्षिण/उत्तरतर्फ पूर्व अथवा उत्तर फर्काएर बनाउदा उत्तम मानिन्छ ।
यि निम्न कुरा हरुमा बिशेष ध्यान दिएर घर निर्माण गर्न सकियो भने वास्तुशास्त्रअनुसारको घर निर्माण हुन्छ ।
ज्योतिष आनन्द सुबेदी 9841233292

No comments:
Post a Comment