Thursday, August 18, 2016

" बुवा " यस्तो एउटा क्रेडिट कार्ड हो जो सित ब्यालेन्स नभएर पनि हाम्रो सपना पूरा गर्ने कोसिस गर्दछ ///

The way of success
💞ध्यानपुर्वक पढ्नु आँखा बाट आँसु आउनेछ ⤵

धेरै रिसाएर म घरबाट निस्किए...
यति धेरै रिस थियो कि म बुवा को नै जुत्ता लगाएर निस्किएछु ।

` म आज घर छोडीदिनेछु , तब मात्र फर्किन्छु जब म धेरै ठूलो मान्छे बन्छु ` ...

जब मोटर साइकल दिलाउन सक्नुहुन्न भने किन ठूलो मान्छे बनाउने सपना देखाउनुहुन्छ ....

आज म बुवा को पर्स पनि उठाएर लिएर आएको थिए , पर्स कसैलाई हात सम्म लगाउन दिनुहुन्थेन ।
मलाई थाहा छ यो पर्समा पक्कै पनि हिसाब को डायरी हुनुपर्छ , थाहा त पाउँ यसमा कति माल लुकाउनुभएको छ ...?

आमासित पनि .....
त्यसैले कहिल्यै हात लगाउन दिनुहुन्थिएन कसैलाई ,
जब कच्ची सडक बाट पार गरेर पारी आए , मलाई लाग्यो जुत्तामा केही घोचिरहेको छ ।

मैले जुत्ता निकालेर हेरे , मेरो पैतालाबाट हल्का रगत निस्किरहेको थियो ,
जुत्ताको कुनै किल निस्किएको थियो , दर्द त भयो नै साथ मा रिस पनि उठ्यो ।
तर मलाई जानू नै थियो घर छोडेर , जब थोरै टाढा पुगे , मलाई खुट्टामा गिलो - गिलो महसुस भयो , सडकमा पानी फैलिएको थियो ।

खुट्टा उठाएर हेर्दा खेरी जुत्ताको तलको भाग च्यातिएको रहेछ ,
जसोतसो लगंडीदै बस स्टप सम्म पुगे , थाहा पाए कि एक घण्टासम्म कुनै बस छैन ।
मैले सोचे पर्स को खानतलासी गर्छु अब ,

मैले पर्स खोले एउटा पेपर देखे , लेखिएको थियो ,
` ल्यापटप को लागि 40 हजार उधारो लिए ´
तर ल्यापटप त घरमा मसित छ ?.

दोस्रो एउटा मोडिएको पन्ना थियो , त्यसमा उहाँको कुनै हबी डे को बारे लेखिएको थियो ,
त्यसमा हवि लेखिएको थियो ,
` राम्रो जुत्ता लगाउने ´
` ओह ! केवल राम्रो जुत्ता लगाउने ...."

तर उहाँ को जुत्ता त ..........
आमाले बितेको चार महिना देखि प्रत्येक बिहान भन्ने गर्नुहुन्थ्यो कि एक जोडी नयाँ जुत्ता किन्नु ,
र उहाँ ले हरेक पटक भन्नुहुन्थ्यो ` अहिले त यो अझै छ महिना सम्म चल्छ ´

मैले अब थाहा पाए यो कति चल्छ "
.....तेस्रो पेपर .....

` पुरानो स्कुटर दिनुहोस एक्सेन्जमा नयाँ मोटर साइकल लिएर जानुहोस "
मेरो त दिमाग नै घुम्यो सक्ड भए .....

बुवाको स्कुटर ........
ओह्ह !
म घरतर्फ कुदे ....
अब खुट्टामा त्यो किल ले घोचिरहेको थिएन ,
म घर पुगे ...
न बुवा थियो न स्कुटर ..
ओह्ह सेट ! ...यो मैले के गरे ..??..
मैले बुझे उहाँ कहाँ जानुभएको थियो
म फेरि दौडे ...
र एजेन्सी अफिस पुगे बुवा त्यही हुनुहुन्थ्यो .../

मैले उहाँसित गला लगाए , आँसु रोक्न सकिन ,...पुरै अनुहार आँसु ले भिज्यो ,

.... होइन बुवा होइन ... मलाई चाहिदैन मोटरसाइकल ,
तपाईं नयाँ जुत्ता लिनुस , मलाई ठूलो मान्छे बन्नुछ त्यो पनि तपाइको तरीकाले ,

" आमा " एउटा यस्तो बैंक हो जहाँ तपाईं हरेक भावना , दुख जम्मा गर्न सक्नुहुन्छ ,

" बुवा " यस्तो एउटा क्रेडिट कार्ड हो जो सित ब्यालेन्स नभएर पनि हाम्रो सपना पूरा गर्ने कोसिस गर्दछ ///

यदि तपाइको दिल मा यो स्टोरीले छोयो भने लाइक + शेयर अवस्य गर्नुहोला ।।।

No comments:

Post a Comment