नारी तिम्रो शक्ती-सहनशिलता-महानता
नारीले जती नै प्रयास गर्दा पनि कतीपय पुरुषले यो सम्झन्छन कि! नारी त केवल काम बासनाको लागि मात्र हो। कुनै बेला नारीलाई पुरुषको हेर्ने दृष्टिकोण एती सम्म हुन्छ कि कोही नारी पधेरोमा मुख धुधा खेर जब आफ्नो सल निकाल्छिन तब कोही पुरुषले हेर्दा यो सम्झन्छन कि अब ति नारीले आफ्नो सबै कपडा उतारी रहेकी छिन। आखिर एस्तो मानसिकता किन? एस्तो अवस्थामा जब ति नारिलाई थाहा हुन्छ कि त्यो पुरुषले मलाई कुन नजरले हेरिरहेको छ। तब उनीमा स्पष्ट वाक्य न आउँदा, केही पनि न बोल्दा, र आफ्नो लाज लुकाउन खोज्दा त्यो पुरुष्ले आखिर यो किन सम्झिन्छ कि तेस्ले त केही पनि बोलिने मैले एसरी उस्को वछ्स्थल हेर्दा पनि र त्यो नारी पनि म सँग काम बासनमा लिप्त हुन चाहन्छिन।
जब एस्तो अवस्थामा नारीले आफ्नो लाज छोप्न र आफ्नो महानता देखाइ चुप बसिदिदा त्यो पुरुषको मनमा पाप को भावनाले जन्म लिरहेको हुन्छ। तब उस्लाई अपराधी पनि बनाइदिन्छ। त्यो समय उस्ले सोच्दैन कि नारिमा लाज, र सहनशिलता पनि छ भनेर?
जब सम्म मन सफा राखेर बोल्न आउँदैन... तब सम्म मन भित्र एक प्रकारको कुण्ठ ले जन्म लि रहेको हुन्छ। जुन निकै खतरानाक साबित पनि हुन सक्छ। प्रेम गर। किन कि प्रेम गर्नु पाप होइन चाहे फसाएरै प्रेम गर तर प्रेम गरी सके पछी धोका दिएर न फसाउ। नारिको मनको गहिराई तिमी पुरुषले सजिलै बुझ्न सक्दैनौ। नारी त माया र स्नेहाको खानि हुन। जब तिमी सच्चा रुपले त्यो सागरमा डुबुल्की मर्छौ भने तब मात्र तिमी नारिको महानतालाई बुझ्दछौ। जब नारिले तिमी पुरुषलाई विश्वाश गर्छिन भने तिमी पुरुषले पनि नारिलाई सम्मान दिएर हेर। तब मात्र तिमीले नारी लाई बुझ्न सक्दछौ।
याद राख जो पुरुषले नारिको नजरमा शिर उचो पार्छ तेस्लाई यो संसारमा कसैले पनि झुकाउन सक्दैन र जो पुरुषले नारिलाई छल कपट गरेर पछी उनको नजरमा गिरेको छ भने त्यो पुरुष जती नै यो संसारमा प्रसिद्ध होस् तर उ कहिले पनि आफ्नो आत्माको नजर बाट उठ्न सक्दैन। नन्दआ बेदिसु
माया प्रेम को कुनै कमी छैन मात्र आफ्नो सोच बदलेर हेर्नुहोला।।
लेखक:- ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
keep it up
ReplyDeletejaya hindu
ReplyDelete