मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, गरेका कार्य बाट लाभ मिल्ने छ, यात्रा रमाइलो र दिन रमाइलो हुने छ, सहयोगी हरुले साथ दिने छन, गरेका कार्य बाट जस मिल्ने छ, मनोरञ्जनात्मक काममा समय व्यतीत हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, पारिवारिक सुख मिल्ने छ, दिन रमाइलो छ, तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, गरेका कार्य बाट सफलता मिल्ने छ, आफन्ती बाट हौसला र साथ मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन अशुभ रहेको छ, हरेक कार्यमा बाधा आउँला, चाहेको बिपरित हुन सक्ने छ, श्वास्थमा ख्याल राख्नु होला, प्रेम सम्बन्धमा पनि केही तनाब आउँला, राज्यपक्ष वा प्रशासनिक काममा ढिलासुस्ती हुने योग छ । झैझगडाभन्दा टाढा रहनु राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ, गरेका कार्य बाट लाभ मिल्ने छ, यात्रा रमाइलो र दिन रमाइलो हुने छ, सहयोगी हरुले साथ दिने छन, चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ ।रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, मानसम्मान मिल्ने समय रहेको छ, बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । बोलिको कदर हुने छ, धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । मेहनत अनुसारको फल प्राप्ती हुने छ, बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन अशुभ रहेको छ, अनावश्यक दौडधुप होला, आजको मेहनत खेर जान सक्ने छ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन अशुभ रहेको छ, झुटो आरोप आउला, बोलिमा सम्यता अपनाउनु होला, सम्ब न्धमा बाधा आउला, बिवाद बाट टाढै रहनु होल, तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । तर्कवितर्क र विवाद वा झैझगडामा सतर्क रहनु बेस हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन मद्ध्यम रहेको छ, समय लाई चिन्नु होला, शुभ कार्यमा मन लगाउनु होला, परोपकारी र अरुलाई गरेको सहयोग के आफ्नो कार्य मा शुभ सन्केत मिल्ने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन निकै शुभ रहेको छ । अधुरा कामहरू अगाडि बढ्ने छन । आज कसै माथि पनि भर न गरेकै राम्रो। सानातिना कुरामा अल्मलिने समय छैन । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन अशुभ रहेको छ, मनमा चिन्ताले सताउने छ, खर्चको मात्र बढ्ने छ, गरेका कार्यमा बाधा आउँला, आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ रहेको छ, कार्य सिद्धिको योग रहेको छ, नया कार्य हात पर्ने छन्, लेनदेनको लागी पनि समय उचित रहेको छ, सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुनेछ ।
No comments:
Post a Comment