लघुकथा--चुरिफुरी
निलम गुरुङ
अरु दिन भन्दा आज रमा निकै खुशी देखिन्थी । खुसी न होस पनि किन ! आफ्नो भाइ को पर्सि बिहे छ । ऊ त्यसै हावामा उडेकी छ । झन लामो समयपछी छुट्टी मिलाएर आएका श्रीमान् पनि साथ जाँदै छन् । कुन कपडा लगाउ ! कुन कुन गहनाले आफूलाई सिगारु भन्ने सोच्दै छे भने अर्का तर्फ आफू सासू हुने दिन को पनि कलप्ना गर्दै छे ।
त्यो पारी भण्डारी कि छोरी ... भो भो , बराबरी मिल्दैन ।
त्यो दाहाल कि छोरी पनि ..... ह्या काली छे मेरो छोरालाइ अलि सुहाउन्न। कसति काली बुहारी ल्याइछे भन्छन । भो त्यो त .. ...! त्यो त्रीपाठिकी छोरि ,, छि ! आमा त छेत्रीनि पो त ।
"तिमी अझै तयार भएकी छनौ रमा "? बाहिर वाट श्रीमान कराए।उ झसङ्ग हुँदै भित्र बाट बोली - "लोग्ने मान्छे जस्तो हुन्छ त आइमाइको लवाइ ,? पख्नुस न एक छिन"।
ऊ कपडा लगाइ सकेर छड्के तिलहरी निकाल्न थाली ।
फोन को घन्टी लगतार बजेको सुनेर फोन उठाइ।
फोन छोराकाे थियो।
"मामु! हजुरको अनुमती बिना मैले एउटा काम गर्न पुगे"।
"मेरो छोराले जे गर्छ राम्रै गर्छ त । बरु बेलायत देखि कहिले फर्किन्छौ छोरा" ?
"हजुर हामी छिटो आउदै छौ हजुर्को आशीर्वाद लिन "।
"हामी भन्नले ? मेरो छोराले पक्कै पनि कुनै धनी नेपाली कि सुन्दर छोरी बिहे गरेको हुनु पर्छ हो" ?खुसी हुँदै रमा ले सोधिन
"मामु- मैले त म सङै काम गर्ने अफ़्रिकि मुल कि हब्सिनी बिहे गरेको छु" ।
आफुलाई उपाध्यकि छोरी भनी निक्कै चुरिफुरी गर्ने रमा एकोहोरो टोलाउन थालिन्।
No comments:
Post a Comment