( शिवरात्रीकोलागि विशेष )
================
महर्षि कणादले "तद्वचनादाम्नायस्य प्राणाण्यम्" र "बुद्धिपूर्वा वाक्यकृतिर्वेदे" भनेर वेदलाई दर्शन र विज्ञानको पनि श्रोत ठाने ! प्राचीन नियमविधाता महर्षि मनुले भने " वेदोऽखिलो धर्ममूलम् " - खिल रहित वेद अर्थात् मूल संहिता रूपको वेद धर्मशास्त्रको आधार हो ! धार्मिक मात्र होइन ऐतिहासिक दृष्टिले पनि वेदको असाधारण महत्त्व छ ! वैदिक युगका आर्यहरुको संस्कृति , सभ्यता थाहा पाउने साधन वेद हो ! मानव-जाति र विशेषतः आर्यहरुले शैशव कालमा धर्म र समाजको बिकाश कसरी गरे ? त्यो थाहा पाउने ज्ञानको भण्डार वेद हो !
सनातनी हिन्दुहरुको सम्पत्ति वेद कुनै जादूको पोको होइन न कुनै रहस्यको पेटारो हो ! यो त् हजारौं ,लाखौ बर्ष अघि हाम्रा पुर्खाहरुले हामीलाई सुम्पिएको ज्ञान विज्ञानको भण्डार हो ! वेद ईश्वरीय ज्ञान र खारीएको प्राकृतिक सिद्धान्त हो ! यसका प्रत्येक ऋचा पूर्ण, ठोस एवं सार्थक रुपमा प्रतिपादित गरिएका सिद्धांत हुन् ! यी दैवीय चेतनामा आधारित हुदा हुदैपनि मानवीय छन् !
ऋग्वेदको पहिलो ऋचा हेरम -
ॐ अग्नी मीडे पुरोहितस्य देवं ऋत्विजं होतारं रत्न धातमम"
अग्निको अर्थ हो तेज, ऊर्जा या उष्णता ! पुरोको अर्थ हो अगाडी ! मीडेको अर्थ हो प्रार्थना ! अरु शब्द आफै प्रष्ट छन् अर्थात सम्मुख पूजाको तेज, ऊर्जा या अग्निले भष्मीभूत गर्ने क्षमता राख्छ ! अब हामी यसलाई वर्तमान विज्ञानको परिप्रेक्ष्यमा हेरम ! शिवलिंग जो ढुङ्गाले तयार पारिएको हुन्छ त्यसको रासायनिक नाम Calcium Carbonate हो ! यो कल्शियम कार्बोनेट माथि जब Acid हालिन्छ त्यसबाट कार्बन डाई आक्साइड ग्यास निस्किन्छ ! यसरीनै यदि कुनै ढुङ्गामा - Hydrochloric Acid, Nitric Acid, Citric Acid, Tartaric Acid, Acitic Salysilic Acid, Sulfuric Acid आदि स्वरुपका दूध, दही, घ्यू , मह , चन्दन आदि चिजविज बर्षौं वर्ष सम्म हाल्दा हाइड्रोजन (Hydrogen) या हीलियम (Helium) जस्तै समस्थानिक (Isotopes) जस्तो अदृष्य तर अति ज्वलनशील ग्यास निस्किनेछ !
यसैलाई हाम्रो पौराणिक ग्रन्थले भने भगवान शिवको तेश्रो नेत्रबाट भयंकर ज्वाला निस्किन्छ जसले सारा ब्रह्माण्डलाई डढाएर खरानी बनाउछ ! आधुनिक विज्ञानले पनि यही कुरो भन्यो जसलाई हामीले हिलियम या हाइड्रोजन भनेर जान्यौं ! हाम्रा पुर्खाले यसैलाई शिवलिंग (ढुङ्गा ) बाट ज्वाला निस्किने ठानी भगवान शिवको शिरमा गंगाको कल्पना गरे ! शिवलिंग माथि त्रिकुटिमा पन्चामृतद्वारा अभिषेक गराउन पन्चामृतले भरिएको जलहारी राख्न सिकाए ! त्यो जलहारीबट शिवलिंग माथि झरेको पन्चामृत वा पानीले शिवलिंगबाट निस्किने विकिरण अर्थात ज्वालालाई घोल्न (Dilute) सक्ने शंकेत गरे ! निस्किने पानी यता उता नछरियोस भनी एउटा निश्चित आकार दीए जसबाट पूजा गरिएको जल एउटा निश्चित दिशाबाटै निस्कियोस ! यही आकार शिवलिंग हो !
यसै कारणले शिवलिंगको पूर्ण परिक्रमा गरीन्न ! शिवलिंगबाट निस्किएको पानी नाघ्नु नपरोस र शिवलिंगबाट बगेको पानी नाघ्दा त्यो पानीबाट निस्किने रेडिओ धर्मिता (Radio Activity) को कारण हाम्रो रगतको " रक्त र स्वेत कण " (RBC/WBC) लाई नोक्सान (Damage) नपुर्याओस भन्नाखातिर हो ! यसो हुदा मान्छे कुष्ठ रोगको बिरामी हुन् सक्छ ! त्यसैले शिवलिंगको पूर्ण परिक्रमा गरिन्न ! जहांबाट पानी बगेको हुन्छ त्यसलाई ननाघी फर्कीन्छ र अर्द्ध परिक्रमा मात्र गरीन्छ ! जुन शिवलिंग धेरै पुरानो छ र जसमा वर्षों बर्षदेखि ती पदार्थहरु चढ़ाइएको छ त्यसको विकिरण अझ धेरै हुन् सक्ने हुनाले त्यसको महत्व झन् धेरै बढ्न गएको हो ! त्यसैकारण ज्योतिर्लिङ्गको महत्व धेरै भएको हो !
अर्कोकुरा शिवलिंग भएको ठाउमा ज्यादा रेडिएशन पाइनेकुरो अविबादित सत्य हो ! अनि शिवलिंग न्यूक्लिअर रिएक्टर्स हो त्यसैकारण त्यसमाथि जल चढ़ाईन्छ ताकि त्यो शांत रहोस ! महादेवको सबै प्रिय पदार्थहरु जस्तो - बिल्व पत्र, आक , धतूरो आदि सबै न्यूक्लिअर एनर्जी सोखने बस्तु हुन् ! यी बस्तुहरुले गर्दा शिवलिंगलाई चढ़ाएको पानी रिएक्टिव हुन् पुग्छ ! त्यसकारण जल निकासी नाला नाघ्ने नगर्नु भनि पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ !
ऋगवेदको एउटा अग्नि सूक्तको एउटा श्लोक व्याख्या गर्दा विज्ञान भेटिन्छ त्यसलाई वैज्ञानिक खोज गरी पुष्टी गर्न सकिन्छ , आधुनिक वैज्ञानिक कसी लाएर त्यसश्लोकको अर्थको सत्यता प्रमाणित गर्न सकिन्छ भने शिवलिंगको पूजा गर्दा निस्किने अग्निको प्रार्थना गर्दा पूजा गर्ने व्यक्तिले रत्न, धन, सुख एवं उन्नति पाउनु स्वाभाविक हो ! हाम्रा प्रत्येक परम्पराको पछाडी गहन विज्ञान लुकेको छ ! यस देशको दूर्भाग्य नै हो हाम्रो तमाम परम्पराहरु बुझ्न जुन विज्ञान चाहिन्छ त्यो हामीलाई पढाइन्न र विज्ञानको नाममा जे पढाइञ्छ त्यसले हामी हाम्रो परम्परा बुझ्न सक्तैनौं ! जुन संस्कृतिको कोखमा हामी जन्मिएका छौ त्यो सनातन संस्कृति हो , यसलाई हामीले परम्परा यसकारण भनेका हौँ जसकाकारण हामीमा त्यो प्रचलन बनोस र हामी नेपालीहरु स्वाधीन वैज्ञानिक जीवन जिउन सकम !-प्रवीण अधिकारी
No comments:
Post a Comment