ज्योतीष आनन्द सुबेदि ९८४१२३३२९२
१. मेष: यो राशिका ग्रह मंगल हो। यो राशी हुनेहरुले मह चढाएर महादेव शिवको पुजा गर्नुस् ।
२. वृष: यो राशिको ग्रह शुक्र हो । यो राशि हुनेहरुले गुलाब तथा अन्य फुल चढाएर भगवान शिवको पुजा गर्नुस् ।
३. मिथुन: यो राशिको ग्रह बुध हो। यो राशिले भिन्दा भिन्दा फलको रस चढाएर भगवान शिवको पुजा गर्नुस् ।
४. कर्कट: यो राशिका व्यक्तिले चन्द्रमाको पुुजा गर्नुपर्ने हुन्छ । यसका लागि गाईको दुध चढाएर भगवान शिवको पुजा गर्नुस् ।
५. सिंह: यो राशि हुनेहरुले शिवरात्रीको दिन गाईको घ्युले शिवजीको पुजा गर्नुभयो भने तपाईको ग्रह दशा हट्नेछ ।
६. कन्या: यसको राशि बुध हो । यस राशिका व्यक्तिले तीर्थ यात्राबाट ल्याएको जल भगवान शिवको शिरमा चढाउनाले ग्रह शान्त हुन्छ ।
७. तुला: यो राशी हुनेहरुले भगवान शिवलाई दहि चढाउनुस् ।
८. वृष्चिक: यो राशि हुनेहरुले गुलाब तथा फुलपातीले भगवान शिवको पुजा गर्नुस् ।
९. धनु: यो राशि हुने व्यक्तिहरुले केशर चन्दनले भगवान शिवको पुजा गर्नुस् । यसले तपाइको ग्रह शान्त हुनेछ ।
१०. मकर: मकर राशि भएका व्यक्तिलाई शनी दशाले सताउने गर्दछ । शुभ फल पाउनको लागि अष्टगन्धले शिव भगवानको पुजा गर्नुहोस् ।
११. कुम्भ: यो राशि हुनेहरुले तिलको तेल चढाएर भगवान शिवको पुजा गर्नुहोस् ।
१२. मीन: यो राशिका व्यक्तिले गुरु ग्रहको पुजा गर्नुपर्ने हुन्छ । पुजा गरिसकेपछि बेलपत्रले शिवजीको पुजा गर्नुस् ।
No comments:
Post a Comment