नागा साधु
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
मेरो धारणा
नागा साधु पनि अहिले आएर २ प्रकारको देखिएको छ। १ जो सच्चा नागाको नियम पालना गरेर साधु भनेको छ र २ जो देखावटी गरिरहेको छ। भन्नि नै हो भने हाम्रो हिन्दू धर्मको रछाको निम्ती १० प्रकारको साधुलाई मान्न सकिन्छ। यो साधुहरुलाई कमजोर सोच्नु हाम्रो ठुलो भुल हुने छ। यि सन्यासी साधु हरु हिन्दू धर्मको रछाको निम्ती मर्न र मार्न सधैं तत्पर रहन्छन। सच्चा नागा त सोयम काल भैरब को रुप हो। जस्लाई निकै ठुलो लडाकु पनि मानिन्छ।।
अब आयो कुरा! एस्तो महान साधु किन त्यसरी नाङै हिंडेको होला भनेर।
कपडा उतार्न तयार हुनुमा केहि न केहि रहस्य अबश्य हुन्छ र जुन त्यति सहज पक्कै पनि छैन। एस्को लागि त पहिला सक सच्चा नागा बन्न जरुरी छ। नागा बन्नको लागि तेती सजिलो छैन पनि। नागा बन्नको लागि निकै काठिन नियम हरु पालना गरे पछी मात्र तेस्लाई नागा मानिन्छ।
नागा हुनको लागि अपनाउन पर्ने नियम हरु:- ब्र्हम्चार्य को पालना, सेवा पालना, आँफैले आफ्नो श्राद्द र पिण्ड दान, वस्त्र को त्याग, मसान घाटको खरानी रुद्राछ मात्र लगाउने, अन्न ग्रहण एक पहरको लागि मात्र, कुनै पनि साधन प्रयोग न गरी केवल भुइमा मात्र सुत्न पर्ने, तन्त्र मन्त्र र साधनाको पालना, कुनै पनि दान न लिनु, एस्को साथै अन्य अनेक कठिनाई हरु पालना गरे पछी मात्र उस्लाई सच्चा नागा मानिन्छ।
यि पालना हरुमा वस्त्र त्याग को कुरा आउँदा अब लाग्छ कि के साचिकै नागा हरु नाङै बुङै हिडनी हुन त? यो कुरा बिल्कुल गलत हो। किनकी कही कतै पनि नागाले निर्वस्त्र भएर नाङै हिंड्नु भनेर उल्लेख गरिएको छैन।
जसरी सोयम देव हरु पनि देव महादेवले आफ्नो लाजको गहना ढाक्न बाघको छाला लगाउथे तेसै गरी नागा हरुलाई पनि बाघ वा हिरणको छाला प्रयोग गर्न भनिएको छ, नाङै हिंड्नु भनिएको छैन। हुन सक्छ अहिले आएर एनिमल राइट को कारण नागा हरु यो कुरा बाट बन्देज भएका छन। र अर्को कुरा एदी छालाको अभाबमा नागा नाङै हिंड्नु परे ता पनि त्यसरी उनिहरुलाई बाहिर हिंड्न कुनै पनि शास्त्र र सोयम भगवानले पनि अनुमती दिनु भएको छैन।।
सच्चा नागा त्यो हो, जस्ले यि सबै कुरा को नियम पालना गरेर आफ्नै पारीधी भित्र मात्र बस्छ। किनकी सच्चा नाग कहिले पनि त्यसरी बाहिर हामी सामान्य मानिष ले देख्न्नी गरेर बाहिर आउँदैन। केवल नागालाई त त्यो बेला मात्र बाहिर आउनी अनुमती र नियम छ जब यो धर्तिमा धर्म संकटमा पर्छ। त्यो बेला धर्म रछको निम्ती लडाकु नागा मर्न र मार्नको निम्ती तयार हुन्छन।
अहिले धेरै बिक्रिती फैली सकेको छ। नागाको नाममा नाङै हिड्दै खुलेआम बाहिर बिक्रिती देखाइरहेका छन, अहिलेका देखावटी नागा हरु एसरी नाङै हिड्दै भगवानको नाममा जे पनि माग्नी र जुन शरीरको उनिहरु आँफैले श्राद्द गरी भगवान प्रती समर्पित भएका थिए त्यो सबै सबै फेरी एही धर्तिमा एही समाजमा बिक्रिती बनाएर देखाइ रहेका छन।। अब हजुर आँफै भन्नु होस् कि एस्ता लाई कसरी सच्चा नागा मान्नी?
हाम्रो हिन्दू धर्म जो सोयम प्रक्रिती हो, अहिले हाम्रो धर्मको मजाक बनी रहेको छ र एही बिषय लिएर हिन्दू धर्म बिरोधी हरुले कुरा काट्न र हाम्रो मजाक उडाउन तत्पर लागि रहेका छन।। तसर्थ सच्चा नागा को सधैं जय होस् तर एस्ता ढोङी नागा हरु को अब बहिष्कार जरुरी रहेको छ।।
ॐ नम शिवाय, ॐ नम शिवाय, ॐ नम शिवाय
No comments:
Post a Comment