Monday, February 27, 2017

आजको राशिफल आज वि.सं. २०७३ फाल्गुन १७ गते मङलबार तदनुसार ई. सं. २०१७ फेब्रुअरी २८ तारिख


ज्योतिष आनन्द सुबेदी 9841233292

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, दिन रमाइलो रहने छ, पारिवारिक सुख प्राप्ती हुने छ, माया प्रेम को लागि उचित समय रहेको छ, प्रगतिको बाटो बन्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, गरेका प्रयास सफल हुने छन, मेहनत अनुसारको फल प्राप्ती हुने छ, शुभ कार्यमा मन लगाउनु होला, मान्यजनको साथ र आशिर्बाद मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन शुभ रहेको छ, शुभ कार्यमा मन जाने छ, प्रसंसा बढ्ने छ, गरेको लगानी बाट उचित फल मिल्ने छ, अधुरा कार्य सफल हुने छन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन अशुभ रहेको छ, यात्राामा सचेत रहनु होला, चोटपट्कको भय रहेको छ, कसै सँग बिवाद होला, बोलिमा निकै ख्याल राह्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन अशुभ रहेको छ, मायामा केही खल्लो होला, गरेको मेहनत अनुसार फल प्राप्ती न होला, चाहेको ब्यक्तिले समय दिन सक्दा दिक्क लाग्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन शुभ रहेको छ, लेनदेन लाई उचित समय रहेको छ, यात्रा बाट लाभ मिल्ने छ, पारिवारिक सुख प्राप्ती हुने छ, शुभ कार्यमा मन जाने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन शुभ रहेको छ, मन प्रसन्न रहने छ, खुशी को बातावरण बन्ने छ, सबैले साथ दिने छन, दिन रमाइलो तथा भेटघाट रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन अशुभ रहेको छ, कुनै चिन्ताले सताउने छ, बिगतका कमजोरिले सताउने छ, परिवारमा असमझदारी बढ्ने छ, दैनिक कारोबारमा पनि बाधा आउने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन शुभ रहेको छ, दैनिक कार्य सफल रहने छ, आम्दानी बढ्ने छ, सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ, आजको कार्यले भबिष्यलाई लाभ मिल्ने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन शुभ रहेको छ, नयाँ कार्य अघी बढाउदा उचित हुने छ, बिचार  र बोलिको कदर हुने छ, कारोबार मा ब्रिद्धी हुने छ, दिन रमाइलो रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन शुभ रहेको छ, आज गरिएका कार्यले भबिष्यलाई निकै लाभ मिल्ने छ, मन चन्चलो रहने छ, बिशेष लाभको योग रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, हरेक कार्य बाट लाभ मिल्ने छ, धैर्यले काम लिने समय छ, शत्रु पराजित हुने छन।

No comments:

Post a Comment