Wednesday, February 22, 2017

आजको राशिफल


आज वि.सं. २०७३ फाल्गुन १२ गते बिहिबार तदनुसार ई. सं. २०१७ फेब्रुअरी २३ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, समयले साथ दिने छ, अधुरा कार्य अघी बढ्ने छन, सरकारी कार्य बाट लाभ मिल्ने छ, पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन मद्ध्यम रहेको छ, आत्मबल मा अल्ली कमी होला, साथीभाइ को सहयोग बाट अघी बाढ्न सकिने छ, सानो त्रुटिका कारण काम बिग्रन सक्छ ।मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, मानसम्मान मिल्ने समय रहेको छ, बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । बोलिको कदर हुने छ, धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन अशुभ रहेको छ, अल्ली सतर्क रहनु होला, अनावश्यक कार्य बाट जोगिनु होला, नयाँ कार्य आज सुरु न गर्दा पनि हुन्छ, कसै सँग  वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन शुभ रहेको छ, दिन रमाइलो रहेको छ, गरेका कार्य बाट लाभ मिल्ने छ, मित्र हरुले साथ दिने छन, कुनै खुशीको कुरा सुनिएला, प्रेममा सफलता प्राप्त हुनेछ ,उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन अशुभ रहेको छ, बोलिको उल्टो अर्थ लाग्ने छ, बिवाद बाट जोगिनु होला, चोटपटकको भय रहेको छ, शत्रुले हानी पुराउन सक्ने छ, भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, मानसम्मान मिल्ने समय रहेको छ, छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बोलिको कदर हुने छ, मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन अशुभ रहेको छ, अनावश्यक दौडधुप होला, आजको मेहनत खेर जान सक्ने छ,  काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन शुभ रहेको छ, सहयोगी हरु बाट साथ मिल्ने छ, दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । मान्यजनको सल्लाह र साथ लिएर अघी बढ्दा लाभ मिल्ने छ, दिन रमाइलो गरी बित्ने छ तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन शुभ रहेको छ, दिन रमाइलो रहेको छ, गरेका कार्य बाट लाभ मिल्ने छ,अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्र हरुले साथ दिने छन, कुनै खुशीको कुरा सुनिएला, कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, कुटुम्ब वा भाञ्जाभाञ्जीका तफैबाट खुसीको समाचार आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ रहेको छ, सबैको साथ मिल्ने छ, नयाँ कार्य अघी बढाउदा उचित हुने छ,  तपाईंको निर्णय सार्थक हुनेछ । कुनै नयाँ काममा मन जानेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।

No comments:

Post a Comment