मुर्ती पुजा को रहस्य
स्वामी विवेकानंद लाई एउटा राजा ले राज दरबार मा बोलाएर सोधे कि तिमी हिन्दू हरु किन मुर्ती पुजा गर्दछौ ?
ढुङा , पथ्थर ,कागज ,आगो, पानी त पदार्थ हुन यस्लाई पुजा गर्नु मुर्खता हो र म मान्न सक्दिन । त्यो राजा को सिहासन पछाडी एउटा ठुलो फोटो मा विवेकानंद को आखा पर्यो तब विवेकानंद जि ले राजा लाई त्यो फोटो निकाल्न को लागी आदेश दिनु भयो तब नोकर ले फोटो निकाल्यो अनि विवेकानंद जि ले राजालाई त्यो फोटो मा थुक्न को लागी अनुरोध गर्नु भयो तब राजा रिसाएर यो मेरो बुवा को फोटो हो मैले थुक्न मिल्दैन भने !
अनी विवेकानंद जि ले फेरी भन्नु भयो यो त केबल कागज ,रङ अनि केहि काठ का टुक्रा हरु बाट बनेका हुन यस मा न कुनै सास छ अनि न कुनै हड्डी अनि शरीर अनि न यो बोल्न सक्छ अनि न त यो सुन्न नै !!!
अनी फेरी विवेकानंद जि ले भन्नु भयो यस्मा हड्डी न प्राण तै पनि तपाइ यस्मा थुक्न सक्नु हुन्न किन भने तपाइ यो फोटो मा आफ्नो बुवा को स्वोरुप देख्नु हुन्छ त्यसैले यो बुवाको फोटो लाई अनादर गर्नु भनेको आफ्नो बुवालाई अनादर गर्नु समान सोच्नु हुन्छ !!
त्यसरि नै हामी हिन्दू हरु पनि ढुङ्गा , माटो ,आगो पानी जमिन लाई इश्वर को स्वोरुप मानेर पुजा गर्दछौ ।
इश्वर त कण कण मा हुनुहुन्छ तर एक आधार मानेर हामी मुर्ती पुजा गर्दछौ ।
यती कुरा सुने पछी त्यो राजा ले विवेकानंद जि सँग गल्ती को क्षमा माग्नु भयो
!!!!!! जय सनातन हिन्दू धर्म !!!!!!!
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
No comments:
Post a Comment