Wednesday, February 22, 2017

गाँजा भाङ्ग मा डुब्न चाहने हरुलाई यो दिनमा स्वतंत्रता महशुस गर्लान

ॐ नमः शिवाय:महाशिवरात्रि महापर्वमा

→गाँजा भाङ्ग मा डुब्न चाहने हरुलाई यो दिनमा स्वतंत्रता महशुस गर्लान |
→अश्लील मानसिकता का रोगी हरुले अश्लील टिप्पड़ी गर्न मौका पाएको ठानलान |
→अहमता ले घेरियका हरुले असुर को भाषामा, शिव जस्तो पनि कहीं देवता हुन्छ ? भनेर आफूलाई नै सर्वे सर्वा सावित गर्न उद्दम गर्लान |
तर ....
तर ....
हे, वैदिक धर्मावलम्वी ! परमात्मा का अंश रूप तपाई,
असूर बाणी मा मन नलागाउनुस |
गाँजा भाङ्ग मा नरुमल्लीनुहोला |
अश्लील मानसिकता को भाइरस लाग्न नदिनुहोला |
कारण,
■महाशिवरात्रि त्यो महापर्व हो,
जसमा काम माथि विजय प्राप्त भगवान शिव को उपासना गरी हाम्रो जीवन पनि काम पीड़ित नभई उच्चता तर्फ अग्रसर होस भनी कामना गरिन्छ |
■प्रभु, म मा व्याप्त आसुरी प्रवृतिको प्रभाव(अष्टपाश) बाट मुक्त भै पशु हरुको पति हुन सकूँ र अन्त्यमा हजूर परमात्म संग मिलन हुन सकोस भनी कामना गरिन्छ |
त्यसैले हे शिवभक्त सनातनी, अढोर दानी भगवान शिवजी को यस महापर्व को सही उपयोग गरी धर्म, अर्थ को साथ भोग र मोक्ष प्राप्ति गर्न तत्पर हुनुहोस |
यसर्थ महापर्व को सु-तयारी को निम्ति यहाँ हरुलाई हार्दिक शुभकामना ||
प्रेम ले भन्नुस , हर हर हर महादेव..............
|| जय पशुपति ||
~जय मातेश्वरी ~

No comments:

Post a Comment