स्त्री बिना तन्त्र पनि अधुरो
जो पुरुष ले यो सोच्दछ कि ! उस्ले स्वयम सबै गर्न सक्छ । त्यो पुरुष तन्त्रमा केहि पनि गर्न सक्दैन । किन कि नारी त स्वयम अष्टकमल युक्त छिन र नारिको साथले मात्र पुरुषमा यि सबै कुराको प्राप्ती मिल्दछ र तब मात्र तन्त्रमा पुरुषले सफलता प्राप्ती गर्दछ ।
तन्त्र मतलब आकर्षण तन्त्र मतलब केहि जोडेर केहि नयाँ बनाउने । तन्त्रको धेरै अर्थ लाग्दछ । तन्त्र बाट पुरुषले जे पनि गर्न चाहन्छ तेस्मा पुर्ण जागृत को लागी तन्त्रमा नारिको अत्त्यन्त जरुरी र भूमिका आवश्यक रहेको हुन्छ ।
नारिलाई शक्तिको स्वोरुप मानिएको छ र तन्त्रमा हर पुरुषले शक्ती नै प्राप्ती गर्न चाहन्छ । तब शक्ती बिना शक्ती प्राप्ती गर्न असम्भव हुन्छ । "शिव: शक्तया युक्तो यदी भवती शक्त: प्रभविंतु
न चेदेवं देवो न खलु कुशल: स्पन्दितुमपि"
जस्लाई तन्त्रमा आदिशक्ती मानिएको छ यो नै परम्परागत पुरुषार्थ (धर्म, अर्थ, काम, मोछ) मा एक मानिएको छ ।
तन्त्र शास्त्रको अनुसार नारी स्वोयम एही आदिशक्तिको साकार प्रतिरुप हुन । षटचक्र भेदन र तन्त्र साधनामा नारिको उपस्थिती अनिवार्य रहेको हुन्छ । किनकी साधनामा स्थुल शरिर बाट नभैकन सुछम शरिर द्वारा नै सम्भव रहेको हुन्छ । नारी बाट निस्कने उर्जा पुरुषको को उर्जा सँग मिले पछी मात्र आभामण्डल बन्दछ जहाँ कुनै नकारात्मक शक्तिले स्थान लिन सक्दैन ।
एही कुरालाई बैज्ञानिक ढङले रिसर्च गर्दा पनि पुरुषको मेग्नेटिव प्रभाव ४०% देखिएको ठाउमा नारिको आवेस चेक गर्दा १००% देखिएको थियो । जुन कुरालाई केनडाको रिसर्च सेन्टरमा बिज्ञानले खोज गरी रहेको छ ।
ज्योतिष आनन्द सुबेदी
तसर्थ एदी हजुरले आफ्नो जिवनमा हरेक छेत्रमा प्रगती चाहनु हुन्छ भने नारिको सम्मान गर्न जरुरी छ । नारिलाई बलले होईन प्रेम-स्नेह ले पुकारौ र शक्तिको सम्मान गरौ । तब मात्र नारी बाट निस्कने उर्जाले पुरुषको आभामण्डल कमजोर हुन बाट जोगाई राख्दछ । ( केहि पुरुष हरु भन्ने गर्दछन कि ! सबै नारी एउटै हुँदैनन्, कोही त निकै खराब पनि हुन्छन्) तेसो त सबै पुरुष पनि एउटै हुँदैनन ।जिवनमा राम्रो नराम्रो नियालेर बिचार गरेर अघी बढ्नु नै समझदारी मानिन्छ ।
रावण ले नारिलाई सम्मान गर्न जानेन र दुख दियो , फलस्वोरुप उ आफै बिनाश भयो ।
लछ्मणले नारिको नाक काटे, फलस्वोरुप राम सिताको साथमा कहाँ कहाँ भट्किए ।
रामले नारिकी अग्नी परिछा लिए, फलस्वोरुप पत्नी र सन्तान बाट बियोग भए ।
कौरवले द्रोपतिको चिर हरण गरे, फलस्वोरुप सारा कौरव बिनासको बाटो पुगे । ।
तसर्थ नारिलाई बुझौ र सम्मान गरौ । नारी नै पुरुषको असल शक्ती हो । ।
लेखक:- ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२


This comment has been removed by the author.
ReplyDelete